• रातोकलम अनलाइन 

    मलेशिया

    भदौ २१

    सिङगापुरमा सम्पन्न ३८ औं गोजुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक बिजेता नेपाली खेलाडीहरुलाइ मलेशियामा सम्मान गरिएको छ।
    नेपाल ओकिनावा शुरिकेन शोरिनरियो कराते संघका खेलाडी आर्यन रन्जित र सागर शाहीले उक्त प्रतियोगितामा कास्य पदक जित्न सफल भएका थिए बिजेता खेलाडीलाई नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाले बुधबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो।

    यस्तै ३८ औं गोजुकाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी कृति गौतम , नेपाल ओकिनावा शुरिकेन शिरिनरियोका प्रमुख सल्लाहकार तथा टिम म्यानेजर रामकृष्ण श्रेष्ठ , अध्यक्ष तथा टिम कोच, सेन्साइ संजय रन्जित लगायतलाई मलेसियाको कोतराय स्थित मण्डला रेस्टुरेन्टमा सम्मान सहित बिदाइ गरिएको थियोे I
    सम्मान तथा बिदाई कार्यक्रममा नेपाली प्रवासी कराते संघ मलेसियाका अन्तर्राष्ट्रिय रेफ्री तथा कोषध्यक्ष लक्ष्मी छेत्री, सचीव बीस महरा , नेपाली जनसम्पर्क समिति मंच मलेसियाका कोषध्यक्ष हरि कोइराला,खड्का बहादुर पुन,मगर ,राजेन्द्र सापकोटा गणेश हुमागाई लगायतको उपस्थिति रहेको थियो I

    नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको थियो I कार्यक्रमको संचालन नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महासचिव सोनामनोर्बु बोम्जन तामाङले गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…