• कुमार खड्का
    भदौ २२, पथरी
    वर्षातको समयमा लाखौँको क्षति पु¥याउदै आएको डाँस खोलाको स्थाइ तट्बन्धन हुन नसक्दा स्थानीयहरु वर्षेनी मार खेप्दै आएको तितो यर्थामा मलम लगाउने उद्देश्यका साथ डाँस खोला कटान व्यावस्थापन समितिको गठन गरिएको छ ।
    मोरङको पथरी शनिश्चरेको वडा नं. ६, ८, ९ र १० नं. वडा तथा पश्चिम तर्फ कानेपोखरी गाउँपालिकाको सिमाना भएर बग्ने सो खोलाले बर्षेनी खोला धारमा बसोवास गर्नेको जनजिवनलाई नै तहसनसह गर्ने गरि आउने उर्लदो बाढिले खोलाकिनार वासीलाई भुमिबिहिन बनाईरहेको छ ।
    खोलामा वास्तविक निगरानी र सरोकार राख्ने निकाय नहुदा जथाभावि मापदण्ड विना उत्खन्न हुने तथा अव्यवस्थित बसोबासबाट स्थानियहरु निकट भविष्यमा भुमिबिहिन वन्ने पक्का पक्की जस्तै देखिएको छ ।
    खोलाले स्थानिय ४ वटा वडाका करिब ३० प्रतिशत जनता लाई प्रतक्ष्य पिडित बनाएको नव गठित व्यावस्थापन समितिका संयोजक फडिन्द« कार्कीले बताएका छन् ।
    खोला कटान नियन्त्रणको दिगो व्यावस्थापन गरि खेर गईरहेको जमिनको दिगो व्यावस्थापन गर्न र जनजिवनको सवालमा गाँस र वासको सुनिस्चितता लागि नगरपालीका सग समन्वय गरि खोला कटान दिगो व्यावस्थापनमा सहयोग पु¥याउने हेतुका साथमा समिति गठन गरिएको संयोजक कार्कीले बताएका छन् ।


    आर्थिक वर्ष ७५÷७६ का लागि डाँस खोला नियन्त्रण शिर्षकमा नगरपालीकाले १ करोड रुपैया विनियोजन गरिएको कुराको स्थानिय वासीले स्वागत गर्दै, खोलाको दिगो निकास तथा कटान व्यावस्थापनका लागी विनियोजित रकमको ठेक्का प्रकृया नभई स्थानिय पिडित उपभोक्ताहरुवाट योजना सञ्चालनको व्यावस्था गरिनु पर्ने, विनियोजित बजेट बाट क्षतिको अनुगमन गरि क्षतिग्रस्त वडाहरुमा लागतको आधारमा वेग्ला वेग्लै योजना वनाई कार्य गरिनु पर्ने लगाएतका ७ वुँदे माग सहितको ज्ञापन पत्र स्थानिय सरकार प्रमुखलाई बुझाउने तयारी रहेको बताईएको छ ।
    नगरले विनियोजन गरेको रकमबाट टेण्डर अथवा ठेक्कामा काम गर्दा घटाघटमा लाग्ने भएकाले कमसल काम हुने र बिचमा चुवाहट हुने सम्भावना अत्याधिक रहेकाले सो कार्यमा सहयोग र निगरानी राख्नका लागि डाँस पिडितहरुले नगर स्तरीय समन्वय समिति गठन गरि सो कार्यमा सहकार्य गर्ने मनसाय देखाएका हुन
    यदि सोको बेवस्था गरे जनस्तरवाट सघर्षका कार्यक्रमहरु अघि बढाउन पनि पछि नहटने समन्वय समितिले जनाएको छ । सो विषयमा वडा नं. ८ का वडा अध्यक्ष बाबुराम दाहालले पनि नगरको नियमसंगै उपभोक्ता समितिले नै काम गर्नुपर्ने धारणा राखेका छन् ।
    खोला नियन्त्रणका लागि अहिले सम्म कतिपटक तारजाली लगाइयो त कतिपटक बाँसको प्रयोग गरेर कटान नियन्त्रण गरियो तर त्यो सबै खोलाले बगाएर भुमिविहिन वनाउन लागेकोे भन्दै स्थानिय रोशन कार्कीले दुखेसो पोखे ।
    विहिवार भएको भेलाले वडा न ६, ८, ९ र १० बाट प्रतिनिधित्व हुने गरि ११ सदस्यि समन्वय समिति गठन गरेको छ जसको सयोजकमा फडिन्द« कार्की,सचिवमा शुक्र बहादुर लिम्वु,कोषाध्यक्षमा पदम बहादुर गुरुङ रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…