• सुरुङ्गा । पूर्व प्रधानान्याधिश सुशिला कार्कीले समृद्ध देश निर्माणका लागि युवाहरु जगरुक हुनु पर्ने बताउनु भएको छ ।
    नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको शुक्रवार सुरुङ्गामा उद्घाटन गर्दै पूर्व प्रधानान्याधिश कार्कीले यस्तो बताउनु भएको हो ।
    ‘अब देशलाई समृद्ध बनाउने जिम्मेवारी तपाइहरुमा आएको छ’ कार्यक्रमकी प्रमुख अतिथि समेत रहनु भएकी कार्कीले भन्नु भयो–‘देशको निति निर्माण तहमा पुगेका नेतृत्व तहलाई खबरदारी गर्दै सिंगो राष्ट्र निर्माणमा अघि बढ्नुहोस् ।’
    अर्काे प्रशंगमा उहाँले निर्वाचन जितेर गएका नेताहरुलाई जनताले तिरेको करबाट कार किनेर नचढ्न सुझाव दिनु भयो । ‘तपाइहरुले भोट माग्दा कार किन्ने भन्नु भएको थियो र ? आज जनताको पैसाले कार किनेर हिड्नु भएको ? –कार्कीले नेताहरुप्रति इगिंत गर्दै प्रश्न गर्नु भयो ।
    उहाँले देशमा बढ्दै गएको महिला हिंसालाई रोक्नका लागि सरकारले विशेष कदम चाल्नु पर्ने सुझाव दिनु भयो ।
    क्षेत्र ‘क’ का निरुपित राष्ट्रिय कार्यकारी उपाध्यक्ष सिनेटर विकास मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी, पूर्व अध्यक्ष भोलदेश्वर दुलाल, सांसद एलपी साँवा, कनकाइ नगरपालिकाका मेयर राजेन्द्र पोखरेल, काङ्ग्रेस नेता देउमान थेवे, वीरता जेसीजका अध्यक्ष एकराज गिरीलगायतले बोलेका थिए ।
    आतिथ्य शाखा सुरुङ्गा जेसीजका अध्यक्ष भीम भट्टराईले स्वागत गरेको कार्यक्रममाथि सम्मेलन निर्देशक कुमारमणि पोखरेलले प्रकाश पारेका थिए भने सहभागिलाई निरुपित उपाध्यक्ष रश्मि निरौलाले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा नेपाल जेसीजका बोर्डका सम्पूर्ण सदस्य तथा विभिन्न सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।
    २ दिन सम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा राजनितिक विष्लेषक डा. सुरेन्द्र केसी, डा. पुरञ्जन घिमिरे, साहित्यकार उज्जवल प्रसाई र गायीका आनी डोल्माले सकारात्मक सोचका साथ समाज निर्माणका लागि अघि बढ्न आम जेसीज कर्मीलार्य आग्रह गरे ।
    सुरुङ्गा जेसीजको आथित्यतामा भएको सम्मेलनमा सहभागि हुन क्षेत्र ‘क’ का करिब ८ सय जेसीजकर्मीहरुको सहभागिता रहेको शाखा अध्यष भीम भट्टराईले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…