• सुरुङ्गा । ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काडैँ संसार’ बोलको गीतको गायीका आनी छोइग्ङ डोल्माले घर परिवारबाट अभिभावकले आफ्ना छोराछोरीलाई असल शिक्षाका दिएर असल संस्कार सिकाउने हो भने समाजमा घट्ने विभिन्न प्रकृतिका हिंसा नहुने बताएकी छिन् ।
    नेपाल जेसीजको आयोजनामा शुक्रवारबाट झापाको सुरुङ्गामा सुरु भएको क्षेत्र ‘क’ सम्मेलनमा प्रेरक वक्ताको रुपमा बोल्दै गायीका आनीले छोरालाई आफ्ना दिदी बहिनी तथा छोरी मान्छेसँग गर्ने व्यवहारमा असल संस्कार सिकाउँदै लैजाने हो पछिल्लो समय बढ्दै गरेको बलत्कारका घटना नहुने बताइन् ।
    ‘घरबाटै असल संस्कार सिकाउन जरुरी छ’ आनीले भनिन्–‘मान्छेमा चेतना नभएका कारण मान्छेको नाममा दानवको व्यवहार गर्दै गएको हो ।’
    सहभागि जेसीजकर्मीहरुको जिज्ञासाको जबाफ दिँदै आनीले आफ्नो सोचमा परिवर्तन गरेर अरुको भलो सोच्ने हो भने आफुले चाहेको सुख प्राप्त हुने बताइन् । उनले सुख खोज्नलाई आफुले पाएको सानो भन्दा सानो सफलतालाई खुसी मान्दै जाने हो भने त्यसैले जीवनमा सफलता प्राप्त गर्ने बताइन् । उनले मान्छेले जतिसुकै धनको घमण्ड गरे पनि अन्नत यो संसार छोडेर जानु पर्ने भएकाले धेरै लोभ लालचमा नफस्न आग्रह गर्दै उनले मानिस केवल आफ्नो सम्पतीको पाले भएको बताइन् ।
    शालिन र भद्र शैलीमा आफ्नो विचार राख्दै आनीले आफु कक्षा ५ मात्र सम्म पढेकाले सबैथोक मैले भनेकी सहि हुन्छ भन्ने नसोच्न आग्रह गर्दै आफुले पढ्न नपाएको पिडालाई कम गर्न आफुले पढ्नबाट बञ्चित बालबालिकालाई शिक्षा दिँदै आएका बताइन् ।
    कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा गायक नारायण कडरियाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…