• काठमाडौँः एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् ।

    काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा 'फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा....' गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर राउन्डमा टुंगिएको हो । नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिएपछि उनी रुँदै भावविह्वल भएकी थिइन् । तर उनले नेपाल आइडलबाट बाहिरिए पनि उनले आफूलाई केबल पाँच मिनेट समयले स्टार बनाइदिएको प्रतिक्रिया पनि दिइन् !

    ‘नेपाल आइडलले दिएको पाँच मिनेट समयले आज म यति चर्चित भएकी छु’, उनले भनिन्, ‘अब पहिलेबाटै चलिरहेको मेरो काउली बुडी शोलाई निरन्तरता दिन्छु, गायन त साथमा छँदैछ ।’

    नेपाल आइडलको थिएटर राउन्ड सकिएसँगै अब पियानो राउन्डका लागि अन्तिम २० जना प्रतिस्पर्धी छनोट भएका छन् । नेपाल आइडल हाल एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजेदेखि प्रसारण हुँदै आएको छ।

    को हुन् 'काउली बुढी'

    सन्ध्या बुढा अर्थात् काउली बुढीले युट्व च्यानलमा काउली बुढी नामक शो पनि चलाउँदै आएकी छिन्। कार्यक्रम निकै राम्रो भएपनि उनी नेपाल आइडलमा आउनुअघि त्यसको धेरै चर्चा भएको थिएन। तर, नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

    सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन्। उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् ।  केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

    ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

    कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…