• काठमाडौं, भदौ २३ । साफ च्याम्पियनसिप अन्तर्गत शनिबार अपरान्ह समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूूहको शीर्षस्थानमा छ । घरेलुु टोलीले दुवै खेल जितेको छ ।

    बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने आजको खेलमा नेपाललाई जीत आवश्यक छ । आजको खेल जितेमा नेपाल समूूह विजेताका रुपमा सेमिफाइनल पुुग्ने छ । तर नेपाल हारेमा अथवा बराबरी गरेमा पनि अघिल्लो चरण प्रवेशको संभावना भने रहन्छ तर यसका लागि अघिल्लो खेलको नतिजामा भर पर्छ ।

    अघिल्लो खेलमा पाकिस्तान र भुुटान भिड्दैछन् । भुुटानको भने अघिल्लो चरणको यात्रा सकिएको छ । यो खेलमा भुुटान विजयी भएमा नेपालको अघिल्लो चरण यात्रा हारे पनि तय हुन सक्छ । यसमा गोल अन्तरको हिसाव हुुन्छ । बराबरीले पनि नेपालको संभावना उस्तै रहन्छ । पाकिस्तान विजयी भए, जीत नै आवश्यक पर्छ भने बराबरी भए उही नतिजा आवश्यक पर्छ ।

    जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ ।

    ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् ।

    कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताए ।

    बिहीवार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित र्गयो ।समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेको थियो ।

    शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ । यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित र्गयो र नेपाल बङ्गादेशसँग र्हायो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।

    समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…