• विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली शक्तीको भोको भएको आरोप लगाएका छन ।
    सरकारका सवै संयन्त्रलाई अंकुश लगाएर ओलीले एकतर्फी शासन गर्न खोजिरहेको कोइरालाको आरोप छ । वीपी अध्ययन प्रतिष्ठान नेपाल , मोरङले सुन्दर हरैचाको बासवारीमा आयोजना गरेको बिषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले यतिवेला प्रधानमन्त्री ओली सरकारका सवै सयंन्त्रलाई ध्वस्त पार्ने खेलमा रहेको बताए । प्रधानमन्त्रीको कार्यशैली प्रति निक्कै आक्रोसित देखिएका कोइरालाले प्रारम्भिक चरणमै न्याय क्षेत्रलाई निरिह बनाइसकेको टिप्पणी गरे । लोकतन्त्रको खम्बा रहेको न्याय क्षेत्रलाई निरिह बनाएका ओलीले विस्तारै विस्तारै सवै क्षेत्रलाई नियन्त्रणमा लिने तयारीमा जुटेको खुलासा गरे ।

    कांग्रेस विभाजित मनस्थितिमा रहेको फाइदा ओलीले उठाइरहेको उनको टिप्पणी छ । ओलीको अभिनायवाद विरूद्ध कांग्रेसले विज्ञप्ति मात्र निकालेर विरोध गरेकोमा उनको दुखेसो थियो । कांग्रेस अव बलीयो हुनुपर्छ , तर हुन सकेको छैन कोइरालाले भने , “यो पार्टीको लागी विडम्बना हो ।” बिज्ञप्ति मात्र निकालेर विरोध नहुने उनको तर्क थियो ।
    कम्यूनिष्टहरूको सर्वसतावाद विरूद्ध लडन पनि कांग्रेस एक भएर बलियो हुनुपर्ने बेला छ कोइरालाले सुझाव दिदै भने , हैन भने “ओली सरकारले कम्यूनिष्ट जनवादी सर्वोच्चतालाई स्विकार गरेर देशमा तानाशाहा लादेर जानेछ ।” कम्यूनिष्टहरूलाई समाप्त पार्नकै लागी पनि कांग्रेस एक हुने बेला आएको कोइरालाको बुझाई छ । कांग्रेसका तमाम कार्यकर्ताले स्वार्थीपन , जातीयताको राजनीति र कसैको इसारामा हिडने बानी त्यागे मात्र कांग्रेस बलियो हुने कोइरालाको सुझाव छ ।

    यस्तै कोइरालाले ठूलो संघर्षपछि प्राप्त भएको शक्ती पृथ्वीकरणको अभ्यास (संघीयता) लाई पनि कम्यूनिष्ट सरकारले समाप्त पारेर जाने तयारी गरको कोइरालाले बताए ।
    राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष सवर्णीम वाग्लेले वीपीले प्रतिवादन गरेको समाजवादी सिद्धान्तलाई समायानूकुल अद्ययावद्यिक गरेर लैजानुपर्ने आवश्यकता रहेको चर्चा गरे । विभिन्न काल खण्डमा वीपीले व्यक्त गरेका सोच र अभिव्यक्तीलाई एकिकृत गरेर त्यो आधारमा अगि बढे कांग्रेस बलियो भएर जाने स्पस्ट पारे । वीपीको सिद्धान्तलाई मात्र आत्मासाथ गरेर हिडे कम्यूनिस्टहरू समाप्त भएर जाने उनले बताए ।
    राजनीतिक बिशलेषक पुरंनजन आचार्यले वीपीको विचारसँग कांग्रेस एकिकृत भए मात्र कांग्रेस समृद्धितर्फ उन्मुख हुने धारणा राखे । कांग्रेस बलियो बन्न वीपीको चिन्तनलाई आत्मासाथ गर्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा कांग्रेसका पूर्व केन्द्रीय सदस्य तेजप्रकास सिटौला , प्रदेश न .१ का प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला , कांग्रेसका प्रमुख सचेतक केदार कार्की , सुन्दर हरैचाका मेयर शिव ढकाल लगायतले वीपीको बहुआयामीक व्यक्तीत्वका बारेमा चर्चा गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…