• धनकुटा/आमाबुबा नै बेपत्ता बनेपछि धनकुटा चौबीसे गाउँपालिका–३ बन्दुके डाँडाका एक बालकको पालन–पोषणसँगै उपचारमा समस्या भएको छ ।

    वर्षौंदेखि टाउकोमा घाउ र चोट बोकेका सात वर्षीय बालक सन्देश तामाङको उपचारमा समस्या भएको हो । विगत ४ महिनादेखि आमा प्रमिला र बुबा टेकबहादुर नै बेपत्ता बनेपछि उनको पालन–पोषण तथा उपचारमा समस्या भएको छ । २०७२ सालमा खेल्ने क्रममा घरनजिकै विजुलीको चुँडिएको तारले करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका उनको टाउकोमा थप घाउ निस्किएको छ । करेण्ट लागेका कारण हात र खुट्टाको भर नहुँदा एक महिनाअघि कुरुलेतेनुपास्थित मावलीघर जाँदा लडेर उनको टाउकोमा गहिरो चोट लागेको थियो । चोटपछि स्थानीय अस्पतालमा उचार हुन नसकेपछि बाजे जीतबहादुरले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएको थियो । छोरा टेकबहादुरले कान्छीआमा लिएर काभ्रे जिल्लातिर गएको र बुहारी पनि छोरा हिँडेपछि बेपत्ता भएकाले नातिको बिजोग भएको जीतबहादुरले बताए ।

    उनको उपचारमा हालसम्म १५ लाख ५० हजारभन्दा बढी खर्च भइसकेको उनले बताए । उक्त रकम सबै ऋण काढेर नै गराएको उनले बताए । परिवारले आर्थिक अभावका कारण उपचार गर्न छाडेपछि ती बालकको अवस्था झनै दयनीय बनेको  काका पर्ने दीर्घमान तामाङले फोनमा बताए ।  सन्देश कुरुले तेनुपा माविमा कक्षा २ मा अध्ययनरत छन् । ‘पहिलाकै साढे पाँच लाखभन्दा बढी ऋण छ, अब कुनै उपाय छैन’ –बाजे जीतबहादुरले भने । सन्देश अहिले काकाकाकी, दाजु र बाजेसँग बस्दै आइरहेका छन् ।

    ब्लाष्टखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…