• काभ्रे, २३ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाँउका सयौँ महिला पुरुष बिरामी परेका छन् ।

    तीज विशेष कार्यक्रमा दर खाएका करिब साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । आयोजकले प्रहरीलाई दिएको जानकारी अनुसार करिब ४०० जनाले दर खाएकोमा ९० प्रतिशत बिरामी परेका छन् । १ सय ८० जनालाई प्रहरी, नगरपालिका र स्थानीयको सहयोगमा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, पाँचखालस्थित प्राथमिक स्वाथ्य चौकी र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    जिल्लाका अस्पताल भरिभराउ भएपछि बिरामीहरुलाई परिवारका सदस्यको सहयोगमा काठमाडौं लगायतका अस्पतालमा लगिएको छ । स्थान अभावमा भुईँमा नै राखेर उपचार भइरहेको छ । धुलिखेल अस्पतालले पनि प्राविधिक सहयोग गरेको छ ।

    दर खान गएकी गीता खनालले भनिन् “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बतार्इन्। “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उनले भनिन् ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारको लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए। “झण्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ, केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारको लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।” उनले भने ।

    प्रारम्भिक अनुसन्धानमा नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गर्दा विरामी परेकाे हुन सकने देखिएकाे छ । अहिले स्थानीय बासिन्दाले  ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ ।

    पाँचखालमा दर खादा बिरामी परेकाहरु

    १.जि.काभ्रे पाँचखाल न.पा.९ नागबेली बस्ने बर्ष ३७की उमा मैनाली
    २.ऐ.ऐ.बस्ने बर्ष २१की स्वस्तिका भेटवाल
    ३. ऐ.ऐ.९बस्ने बर्ष ५२की सकुन्तला कुवँर
    ४. ऐ.ऐ.८बस्ने बर्ष ३५की सुजता मैनाली
    ५. ऐ.ऐ.८बस्ने बर्ष २८की सिता श्रेष्ठ
    ६. ऐ.ऐ.८बस्ने बर्ष २५की अम्बिका तामाङ
    ७. ऐ.ऐ.८बस्ने बर्ष ४६की मुनादेवी श्रेष्ठ
    ८. ऐ.ऐ.९बस्ने बर्ष १४को उपेन्द मैनाली
    गौतम मेडिकल पाँचखालमा उपचार भइ रहेको
    १. ऐ.ऐ.९बस्ने बर्ष २७की साबित्री बि.क.
    २. ऐ.ऐ.१२बस्ने बर्ष ३०की सर्मिला श्रेष्ठ (०८;४५मा डिस्चार्ज भएको )
    ३. ऐ.ऐ.९बस्ने बर्ष ५१की कान्छी बि.क (०८;४५मा डिस्चार्ज भएको )
    ४. ऐ.ऐ.९बस्ने बर्ष ६की दिया बि.क. (०८;४५मा डिस्चार्ज भएको )
    ५. ऐ.ऐ.९बस्ने बर्ष ४३की बिमला खरेल
    ६.ऐ.ऐ.९बस्ने बर्ष १३को बिशाल कुवँर
    ७. ऐ.ऐ.९बस्ने बर्ष २७की नबिना श्रेष्ठ
    ८. ऐ.ऐ.बस्ने बर्ष ३८की अप्सरा ढुङगना
    ९.ऐ.ऐ.बस्ने बर्ष १३की यसोधा परियार
    धुलिखेल अस्पतालमा उपचार भइरहेको 
    १.जि.काभ्रे पाँचखाल न.पा.१२ बस्ने सुरज दनुवारको छोरा बर्ष ८को नबिन दनुवार
    २. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने अर्जुन श्रेष्ठको छोरी बर्ष ५को रितिका श्रेष्ठ
    ३. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने राम ब.दनुवारको छोरा बर्ष १०को नबिन दनुवार
    ४. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने बर्ष ९को सुजन दनुवार
    ५. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने बर्ष १२को रबिन दनुवार
    ६. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष १३को बिनोद दनुवार
    ७. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष ३९की गिता श्रेष्ठ
    ८. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष १२को राजेन्द्र दनुवार
    ९.ऐ.ऐ.बस्ने बर्ष १४को रामकृष्ण दनुवार
    १०. ऐ.ऐ.बस्ने बर्ष ८को साजन दनुवार
    ११. ऐ.ऐ.बस्ने बर्ष ७को मनिष दनुवार
    १२. ऐ.ऐ.बस्ने बर्ष ११को मनोज दनुवार
    १३. ऐ.ऐ.बस्ने बर्ष ११को सिताराम दनुवार
    १४. ऐ.ऐ.बस्ने बर्ष १३को गणेश दनुवार
    १५. ऐ.ऐ.बस्ने बर्ष १५को सिताराम दनुवार
    १६. ऐ.ऐ.बस्ने बर्ष १०को सबिन दनुवार
    १७. ऐ.ऐ.बस्ने बर्ष ३८की सिता श्रेष्ठ
    १८. ऐ.ऐ.बस्ने बर्ष १३की शुसिला श्रेष्ठ
    १९. ऐ.ऐ.बस्ने बर्ष २६की कल्पना श्रेष्ठ
    स्रोत – जिल्ला प्रहरी काभ्रे

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…