• बिबेक मिश्र
    बेलबारी । दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा चर्च ब्वाईज युनाईटेड काठमाडौं विजयी भएको छ ।
    मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा धनकुटा ११ लाई ५–३ गोल अन्तरले हराउँदै चर्च ब्वाईज अन्तिम चारमा प्रवेष गरेको हो । धनकुटाको प्रदर्शन फितलो हुँदा जित निकाल्न चर्चलाई सजिलो भयो । चर्च ब्वाईजको जितमा निरज बस्नेत, भुवन बस्नेत र सुनिल खड्काले एक÷एक गोल गरेका छन् । चर्च ब्वाईजका जाङ्बु शेर्पाले दुई गोल गरे । धनकुटाका तर्फबाट वर्तमान राईले दुई र दिपेन तामाङले एक गोल गरे ।
    चर्च ब्वाईजका निरज बस्नेतले १६ औं मिनेटमा पहिलो गोल गरे । अरुण श्रेष्ठको कर्नर पासलाई निरजले जाली चुमाउँदा धनकुटालाई दवाव परो । जाङ्बु शेर्पाले २६ औं मिनेटमा बललाई पोष्टको दिशा दिंदा खेल २–० मा पुग्यो । ३८ औं मिनेटमा चर्चकै निरज बस्नेतको फ्रिकिक प्रहारलाई भुवन बस्नेतले गोल थप्दा धनकुटालाई सम्हालिन सकस परो ।
    ४८ औं मिनेटमा विपक्षी गोलरक्षक रुङ्ग्रीहाङ राई अगाडि बढेको मौकाको सुदुपयोग गर्दै चर्चका सुनिल खड्काले गोल थपेर खेललाई ४–० को स्थितीमा ल्याइदिए । ६७ औं मिनेटमा निरज बस्नेतको फ्रिकिक पासलाई जाङ्बु शेर्पाले हेडमार्फत गोल गरेपछि चर्च ब्वाईजको जित पक्का भयो ।
    ६३ औं मिनेटमा धनकुटाले पहिलो गोल फर्काएको थियो । विवस लिम्बूको पासमार्फत प्राप्त बललाई वर्तमान राईले वान टच जाली चुमाउँदा धनकुटालाई केही राहत मिल्यो । ६८ औं मिनेटमा दिपेद तामाङको गोलबाट धनकुटाले खेललाई ५–२ को स्थितीमा ल्याउन सक्यो । चर्चका पासाङ लामाले धनकुटाका वर्तमान राईलाई फउल गरेपछि धनकुटाले पेनाल्टी पाएको थियो । वर्तमानले प्रहार गरेको पेनाल्टी चर्चका गोलरक्षक विवस चौधरीले फर्काएदिएपछि रिवाण्ड भएको बललाई गोलमा परिणत गरेका हुन् । इन्जुरी समयमा वर्तमान राईले २५ यार्ड टाढाबाट गरेको प्रहार पोष्टको दायाँ बारमा ठोक्किएर गोलमा परिणत हुँदा खेल ५–३ को स्थितीमा आए पनि जितका लागि धनकुटाका लागि त्यो पर्याप्त हुन सकेन ।
    मध्यान्तरपछि सुधारिएको प्रदर्शन गरे पनि धनकुटा स्तब्ध बन्दै खेलबाट बाहिरियो । खेलको दोस्रो मिनेटमै दिपेन तामाङ चुक्दा धनकुटाले अग्रता लिने अवसर गुमाएको थियो । खेलमा धनकुटाले पाएको आधा दर्जन अवसरलाई सदुपयोग गर्न सकेन । चर्चले पनि एक दर्जन अवसरलाई भने खेर फाल्यो ।
    खेलको म्यान अफ दी म्याच चर्च ब्वाईजका जाङ्बु शेर्पा घोषित भए । आइतबार आयोजक डाँगीहाट युथ क्लब र झापाको विर्तामोड युनाईटेडबीच प्रतिष्पर्धा हुने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…