• कुमार खड्का भदौ २३ पथरी पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठक शनिवार सम्पन्न भएको छ ।
    मोरङको पथरी शनिश्चरे स्थित पुर्वपश्चिम राजमार्ग देखी लगभग ५०० मिटर दक्षिणमा रहेको सो क्यामपस नगरपालिका मात्र नभएर स्थानिय छिमेकी गाँउपालीका र नगरपालीकाको १ मात्र उच्च शिक्षा हाँसील गर्ने सामुदायिक क्यामपसका रुपमा रहेको शैक्षिक धरोहर हो ।
    २०६४ सालमा स्थापना भएको क्यामपसमा हाल सम्म वाणीज्य, मानविकी र शिक्षाशास्त्र संकाय अध्ययन हुदै आएको छ । शैक्षिकशत्र २०७२÷७३ मा ३६ जना ७३÷७४मा ५९ जना रहेको देखिन्छ जुन ७२÷७३ को तुलनामा ६३.८९ प्रतिशतले वृद्घि भएको देखिन्छ भने ७४÷७५ मा तुलानात्मक रुपमा ३०.५ प्रतिशतले घटेको देखिन्छ ।


    त्यसैगरि व्यावस्थापन संकाय अन्र्तगत ०७२÷७३ मा ५८ जना ७३÷७४ मा ११५ जना ७४÷७५ मा १५३ जना विध्यर्थी भर्ना भएको देखिन्छ । जुन ७३÷७४ मा ९८.२८ प्रतिशतले र ७४÷७५ सालमा ३३.०४ प्रतिशतले वृद्घि भएको देखिन्छ ।
    मानविकी संकायमा ७२÷७३ मा ३ जना र ७३÷७४ मा सो सख्या घटेर शुन्य भएको देखिन्छ भने ७४÷७५ मा २ जना भर्ना भएको देखिन्छ । यसरी हेर्दा नगरको एक मात्र सामुदायिक क्यामपसको हाल खस्कदो रहेको देखिन्छ जुन क्यामपस संञ्चालनका लागी चुनौति बढ्दो रहेको छ ।
    शनिवार भएको कार्यक्रममा क्यामपसले आर्थिक बर्ष २०७४÷०७५ को आफ्नो बार्षीक प्रतिवेदन पनि प्रस्तुत गरेको थियो जसमा कुल आम्दानी १ करोड १९ लाख १३ हजार ६ सय ४४ रुपैया रहेको छ भने कुल खर्च १ करोड २२ लाख १३ हजार १ सय २५ रहेको प्रतिवेदन परिषद बैठकमा प्रस्तुत गरिएको थियो जसमा आर्थिक २ लाख ९९ हजार ४ सय ८१ रुपैया घाटामा क्यामपस संञ्चालन भएको देखिन्छ ।
    कार्यक्रममा सहभागि वक्ताहरुले हाल प्रदेश भरी रहेका सरकारी तथा सामुदायिक सम्पूर्ण क्याम्पसहरुको अवस्था खस्कदै गएको निष्कर्ष निकालेका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले वर्तमान अवस्थालाई हेरेर अब प्रत्येक क्याम्पसहरुले फरक फरक पाठ्यक्रमहरुमा शिक्षण थाल्नुपर्ने अवस्था आएको बताउदै पथरीशनिश्चरे क्षेत्र आदिवासी ,जनजातीको बाहुलियता रहेको भन्दै क्यामपसमा स्थानिय स्तरमा रहेको जनसमुदायले वोल्ने भाषा र स्थानिय समुदायको संस्कृति सग मिल्दा जुल्दा विषय शिक्षण गर्न सके क्यामपसको खस्कदो अवस्थालाई माथी पु¥याउन टेवा पुग्न सक्ने समभावना रहेको बताएका छन् ।
    सो कुराको सभाव्यता अध्ययन गर्न स्थानिय सरकारलाई आग्रह गर्दै कार्कीले यसरी संचालन गर्नका लागि आवश्यक पर्ने नैतिक, भौतिक, आर्थिक जस्तो सुकै सहयोग गर्नपनि प्रदेश सरकार तयार रहेको बताए ।
    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सभा सदस्य सुयर्माराज राईले यस क्याम्पसका लागि ई. लाइब्रेरी, सोलार जडान लगाएतका विषयमा आफुले प्रदेश सरकारका सरोकारवाला पक्षसग निरन्तर छलफल र पहल गरिरहेको बताए । आवश्यक परेको खण्डमा क्यामपसको उननयनका लागि आफु जस्तो सुकै कदम चाल्न पनि तयार रहेको प्रतिवद्घता जाहेर गरेका छन ।
    त्यसै गरि कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राईले नगरले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताए । राईले यस आर्थिक वर्षमा नगरले पथरी बहुमुखीका लागि १० लाख रुपैया विनियोजन गरेको जानकारी दिएका छन् ।
    छात्रवृतिका लागि दाताहरुले अक्षयकोषमा रकम समेत जम्मा गरेका छन् । एभरेष्ट अङ्ग्रेजी आवासीय माविका निर्देशक रविन कन्दङ्वाले आफ्ना बुबाको नाममा १ लाख अक्षय कोषको स्थापना गरेका छन

    यस्तै पथरी बहुमुखी क्याम्पसमा अध्यापन गर्ने शिक्षकहरुको समुहले पनि १ लाख १ हजार रुपैया, कोषको स्थापना गरेका छन् ।


    दाताहरुले प्रदान गरेको कोषको रकम बाट प्राप्त आम्दानीले प्रत्येक वर्ष उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रृति वितरण गरिने क्याम्पस प्रशासनले जनाएको छ ।
    सोहि कार्यमा ऐक्यवद्घता जनाउदै पथरीकाठमाण्डौँ मैत्रि समाजले पनि वार्षिक १८ हजार बराबरको छात्रवृति कोषमा रकम जम्मा गरेको छ । कार्यक्रममा उत्कृष्ट विद्यार्थी, संस्थापक संचालक समिति तर वर्तमान समितिमा नभएका पूर्व संचालक समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…