• बर्दिया । नेकपा एमालेकी नेतृले अवैध रुपमा जन्माएको शिशुलाई जिउँदै सिँचाई नहरमा फ्याकेकी छन् । बर्दियाको मधुवन न.पा-४ ढोढरीकी मिराकुमारीले श्रीमान हुँदाहुँदै अाफ्नै पार्टीका स्थानीय नेतासँगको अवैध सम्बन्धबाट जन्मिएको बच्‍चालाई सिँचाई नहरनमा फ्याकेकी हुन् ।

    स्थानीय तह निर्वाचनमा मधुवन नगरपालिकाको उपमेयरकी उम्मेदवार चौधरीललाई प्रहरीले पक्राउ गरेको छ । उनले आफूले शिशुलाई नहरमा फ्याकेको स्वीकार गरेकी छन् । सोही नगरपालिका-६ का एमालेका स्थानीय नेता डम्मर के.सी.सँगको यौन सम्बन्धबाट बच्चा जन्मिएको प्रहरीलाई नेतृ चौधरीले बयन दिएकी छन् । बयनका आधारमा प्रहरीले केसीलाई पनि पक्राउ गरेको छ ।

    स्थानीय तह निर्वाचनको क्रममा नेतृ चौधरीले आफू अरुजस्तो महिला नभएको भन्दै भोट मागेकी थिइन् । उनले शिशु फ्याकेको नहरको डिलमा भाषण गर्दै भनेकी थिइन् “म अरुजस्तो महिला होइन, म अन्याय सहदैन, कसैलाई अन्याय हुन दिन्न, मेरो पदलाई (उप मेयर) संबिधानले न्यायीक समितिको संयोजकको जिम्मेवरी समेत दिएको छ । तपाईँहरुले मलाई अमुल्य मत दिनुस् । म न्याय दिन्छु, समानता दिन्छु, शान्ती दिन्छ ।” नेतृ चौधरीले सात महिना यस्तो भाषण गरेको डिलमैबाटै अवैध शिशुलाई सिँचाई नरहमा फ्याकी छन् । उनको यो यस्तो भाषण स्थानीयले सम्झिरहेका छन् ।

    मतदाताले उनलाई राम्रोसँग चिनेकै कारण भोट दिइनन्, एमाले नेतृ चौधरीले चुनाव हारिन् ।बर्दिया प्रहरीका अनुसार चौधरीले अस्ती शुक्रबार साँझ अवैध शिशुलाई नहरमा फ्याकेको बयन दिएकी छन् ।

    प्रकाउ परेका के.सी.ले आफुलाई लगाएको आरोपको खण्डन समेत गरेका छन् । शुकबार सामाजिक संजालमा बच्चाको फोटो सार्बजनिक भएपछि केसीले यस्ता घटना घट्नुमा महिलामात्रै दोषी नभएको भन्दै प्रतिक्रिया दिएका थिए । प्रहरी हिरासतमा रहेकी एमाले नेतृ चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् । श्रोत हाम्रो जिल्ला डटकम

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…