• विराटनगर, २४ भदौ
    खिलेश्वरी पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका पत्रकार बन्धु पोखरेलले प्राप्त गर्नुभएको छ ।

    श्री पीताम्बर खिलेश्वरीस्मृति प्रतिष्ठानबाट स्थापित सो पुरस्कारको राशि रु ११ हजार रहेको छ । अग्रज पत्रकार एवं साहित्यकार स्वर्गीय कोषराज रेग्मीले आफ्ना आमा बुबाको नाममा विसं २०४५ मा सो प्रतिष्ठान स्थापना गर्नु भएको हो । पुरस्कार वितरण गर्दै प्रदेश नं १ का ज्येष्ठ प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले यस्तो पुरस्कारले समाजमा राम्रो काम गर्न हौसला मिल्ने बताउनुभयो ।
    साहित्यकार एवं प्राध्यापक चुडामणि रेग्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार टोपलाल ज्ञवाली, समाजसेवी रामप्रसाद खतिवडा र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापतिसमेत रहनुभएका पुरस्कृत पत्रकार पोखरेलले पनि बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…