• उर्लाबारी । मोरङ उर्लाबारी —९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो एकल लगानीमा स्थानीय सार्वजनिक माविलाई मञ्च निर्माण गरिदिनुहुने भएको छ । श्रेष्ठले ट्रस सहितको पक्की मञ्च निर्माण गरिदिनुहुने भएको हो ।
    मञ्च निर्माणको काम सुरु भईसकेको छ । आफ्नो गाउँघरको सामुदायिक विद्यालयको समस्यामा सानो सहयोग गरुम भनेर मञ्च निर्माण गरिदिने भएको समाजसेवी श्रेष्ठले बताउनुभयो ।

    विद्यालयका व्यवस्थापन समिति र शिक्षकहरुले श्रेष्ठलाई सहयोगको लागि हात फिजाउनुभएको थियो । पठन पाठन राम्रो भएपनि विविध समस्याले गुज्रिएको उक्त स्कुलमा व्यवस्थित मञ्च नहुँदा भने जस्तो कार्यक्रम गर्न असहजता थियो । मञ्च निर्माण पछि विविध कार्यक्रम गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक टंक दुलालले बताउनुभयो ।

    उहाँले शिक्षासेवी श्रेष्ठको योगदान विद्यालयले कहिल्यै नबिर्षिने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङले विद्यालयमा मञ्च निर्माणमा सहयोग पुर्याउनहुने श्रेष्ठलाई धन्यवाद प्रकट गर्नुभएको छ । मञ्च बन्ने भएपछि अब कार्यक्रम गर्न सहज हुने भएको छ , आङबुहाङले भन्नुभयो, सरकारी स्तरबाट श्रोत प्रर्याप्त सहयोग जुटाउन नसकिरहेको अवस्थामा उहाँको सहयोगले विद्यालयले मुहार फेर्ने भएको छ ।


    श्रेष्ठले यस अघि स्थानीय प्रभात आधारभुत खोपिँडाडामा पनि मञ्च निर्माण गरिदिनुभएको थियो । यस्तै,उहाँले सोहि विद्यालयमा घेराबारामा सहयोग, रंगरोगन गरिदिनुभएको थियो । उर्लाबारी—९ कै राजघाट निमाविमा पनि उहाँले गेट निर्माण गरिदिनुभएको थियो । श्रेष्ठले गाउँघरमा सडक बत्ति,बाटो निर्माण,खेलकुद लगायत विविध पाटामा थुप्रै सहयोग गरेको स्थानीयको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…