• उर्लाबारी । पाठशाला कृषि सहकारी संस्थाले यसै आर्थिक वर्षदेखि व्यवसायिक तरकारी खेती सुरु गरेको छ । उर्लाबारी वडा नं. ६ स्थित खानेपानीको कार्यालय पूर्व तर्फको साढे ४ बिगाहा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेको हो
    गत जेठ १ गते बाट सुरु गरिएको तरकारी खेती प्रारम्भिक चरणमा खर्चिलो देखिए पनि उत्पादन सुरु भइसकेकाले व्यवसायमा उत्साह थपिएको समितिका कोषाध्यक्ष कृष्णकुमार अधिकारीले बताएका छन् । खेती सुरु गरेको डेढ महिनापछि उत्पादन दिन थालेको तरकारी व्यवसायमा हालसम्म २ लाख रुपैयाँ भन्दा बढीको तरकारी बिक्री भएको उनले बताएका छन् । साउनको मध्यतिर परेको अविरल वर्षतका कारण काँक्रा, लौका र बोडीमा क्षति पुगे ता पनि करेला, भेण्डी घिरौँला लगायतका तरकारी बालीले आम्दानी दिइरहेको संस्थाका सचिव कृष्णप्रसाद शिवाकाटीले बताएका छन् ।

    माटोमा उर्वरशक्ति कम भएकाले गोबरमलको अत्याधिक प्रयोग गर्नुपर्दा प्रारम्भिक चरणमा खर्च बढी देखिएको भएपनि आगामी दिनहरूमा नगरपालिका कृषि शाखाको सहयोगमा अग्र्यानिक मल र अग्यानिक विषादी प्रयोग गर्ने योजना रहेको समेत शिवाकोटीले जानकारी दिएका छन् ।
    विषयगत सहकारीहरूले आ–आफ्नो विषय अनुसार संचालन हुनुपर्ने सहकारी ऐनमा व्यवस्था भए अनुसार पाठशाला कृषि सहकारीले यसै वर्षबाट तरकारी व्यवसाय सुरु गरेको हो । आगामी दिनहरूमा थप जग्गाहरू भाडामा लिएर अग्र्यानिक पद्धतिबाट बेमौसमी तरकारीहरू उत्पादनमा जोड दिने कुरा बताउँदै त्यसका लागि आवश्यक पर्ने तरलताको तयारी स्वरुप आफ्नो कार्य क्षेत्रभित्र रहेका उपभोक्ताहरूलाई सदस्यता वितरण गरी शेयर विस्तार भइरहेको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताएका छन् । खतिवडाका अनुसार आफ्नो संस्थाले उत्पादन गरेका र शेयर सदस्यहरूद्वारा उत्पादिक तरकारीहरूलाई व्यवस्थापन गर्न सब्जीमण्डीको तयारी पनि भइरहेको उल्लेख गरेका छन् । मण्डी तयार भएपछि संस्थाका शेयर सदस्यहरूलाई परिचयपत्र वितरण गरी बजार भाउमा दश प्रतिशत छुट दिइने योजना रहेको उनले जानकारी दिए । व्यवसायका लागि निक्कै ठुलो धनराशीको अवश्यकता पर्ने हुनाले त्यसको सबै स्रोत शेयर सदस्यता विस्तार नै भएको उनले उल्लेख गरेका छन् ।
    चालु आर्थिक वर्षका लागि वडा कार्यालय वडा नं. ६ ले रु. एक लाख अनुदान छुट्याएको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्षमा वडाकै तर्फबाट सिँचाइको लागि रु. ५० हजार को बोर्डिङ गरिएको बताएका छन् । संस्थाद्वारा उत्पादित विभिन्न जातका तरकारीहरूको बिक्री वितणको लागि बजारको समस्या नरहेको संस्थाका उपाध्यक्ष टीकाराम राई (बाजहाङ) ले बताएका छन् । राईका अनुसार भविष्यमा माछा, खसी बाख्रा, बंगुर तथा गाईभैसी पालनको समेत योजना रहेको बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…