• कुमार खड्का भदौ २४ पथरी  झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ ।
    आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्तामोडले सेमिफाइनको यात्रा तय गरेको हो ।
    रोमाञ्चक प्रतियोगिताको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेलको अन्तीम नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा घरेलु मैदानमा आयोजकलाई स्तब्ध बनाउँदै विर्तामोड विजयी बन्यो ।
    झापाका तर्फवाट पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, संजय धिमाल र दिलेन लोक्तामले प्रहार गरेको गोलले सहज जालि चुम्दा विर्तामोडले सेमिफाइनलको यात्रा तय गर्न सफल बन्यो ।
    आयोजकका तर्फबाट अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बूको प्रहार गोलमा परिणत भयो । सुरेन्द्र खवासको प्रहारलाई विर्तामोडका गोलरक्षक विफल पारिदिएका थिए ।
    घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको आयोजकले खवासको प्रहार विफल भएपछि विपक्षीलाई नतिजा सुम्पिन बाध्य बन्यो । पहिलो डाँगीहाट गोल्डकपमा विर्तामोडसंगै सेमिफाइनलमा भोगेको पराजयको बद्ला लिने सुरुमा रहेको आयोजक निरास बन्दै वाहिरिएको छ ।
    विर्तामोडले पनि खेल अवधिमा गोल गर्नका लागि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाईब्रेकर सम्म पर्खनु प¥यो ।
    १४ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार दायाँ बार हुँदै बाहिरिंदा आयोजकले अग्रता लिने राम्रो अवसर गुमाएको थियो ।
    ५४ औं मिनेटमा आयोजकका विक्रम लिम्बूको फ्रिकिक प्रहारले गोलको दिसा लिन नसक्दा आयोजक अग्रता लिने अवसरवाट वञ्चित बनेको थियो । ६५ औं मिनेटमा तीर्थकै दोस्रो प्रयासमा पनि विर्तामोडका गोलरक्षकले रोकेका । ७३ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि आयोजकले कुनै मौका पाएन । त्यसपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
    ४० औं मिनेटमा विर्तामोडका रोजिन माझीको कर्नर पासमा रोशन थाम्स्वाङको हेड प्रहार पोष्टमाथिबाट बाहिरियो । ६० औं मिनेटमा विर्तामोडका विशाल दर्जीले गरेको हेड प्रहारमा आयोजकका गोलरक्षक बाधक बने । ७२ औं मिनेटमा नानी लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिंदा विर्तामोडले निर्धारित समयमा नतिजा निकाल्न सकेन ।
    आइतबारको खेलको म्यान अफ दी म्याच विर्तामोडका आशिष चापागाई घोषित भए । सोमबारको खेलमा भारतको खर्साङ युनाइटेड क्लब दार्जिलिङ र मोरङ फुटबल एकेडेमी उर्लावारी मंगलबारे बीच प्रतिष्पर्धा हुने आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…