• काठमाडौँ, २४ भदौ

    नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उमेर हदका बारेमा विवाद देखिएको हो ।

    निर्वाचन आगामी असोज १६ देखि १८ गते सम्पन्न गर्ने कुरामा कुरा मिले पनि कुन उमेर समूहका व्यक्ति निर्वाचन लड्ने भन्नेबारेमा विवाद देखिएको नेवि सङ्घका सहमहामन्त्री एवं प्रवक्ता प्रेम जोशीले जानकारी दिनुभयो । नेवि सङ्घको ११औँ महाधिवेशनमा १२औँ महाधिवेशनमा अध्यक्ष लड्नका लागि ३२ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

    अध्यक्ष नैनसिंह महरले बैठकमा राखेका कुरालाई बृहत् छलफल गर्नका लागि बैठक भोलि बिहान ८ बजेसम्म स्थगित भएको नेवि सङ्घ केन्द्रीय सदस्य सुनिता पोखरेलले जानकारी दिनुभयो । आज १०५औँ बिपी जयन्ती मनाउनका लागि छलफल गर्ने भनिएको बुँदामाथि छलफल हुन नसकेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको पोखरेलले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…