• काठमाडौँ, भदौ २५ । कञ्चनपुर घटनाको अनुसन्धान गर्नका लागि गठित उच्च स्तरीय छानविन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका हुन् ।

    सरकारले घटनाको अनुसन्धान गर्ने आइतबार १५ दिन म्याद थप गरेपछि उनले निर्मलाले न्याय पाउनेमा शंका लागेको भन्दै समितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    उनले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफूले समितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अब आफू समितिमा नरहेको भन्दै उनले आफूले हुलाकमार्फत समितिमा नबसेको जानकारी सरकारलाई गराएको बताए ।

    समितिले गरेको छानबिनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…