• काठमाडौँ, भदौ २५ । काठमाडौँको किर्तिपुरमा दुई बालिकालाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ परेका छन् ।

    बलात्कारको अभियोगमा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले कैलालीको घोडाघोडी घर भइ हाल काठमाडौँ १७ हनुमानघाट बस्ने २५ वषीय हेमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

    सिन्धुपाल्चोक घर भएका हाल ललितपुरको इमाडोल डेरा गरी बस्ने १४ र १३ वर्षीया बालिकालाई खत्रीले चार दिनसम्म बन्धक बनाई बलात्कार गरेको प्रहरीको दावी छ ।

    उनले आफ्नो डेरमा बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले आइतबार साँझ ती बालिकाको उद्धार गरी उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यही भदौ २१ गते साँझ बानेश्वरको गाडीमा चढेका दुई बालिकाहरुलाई सोही गाडीमा रहेका खत्रीले दुवै बालिकालाई ललाई–फकाई आफ्नो डेरामा लगेर बन्धक बनाएका हुन् ।

    पीडित दुवै बालिकालाई स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित प्रसूति गृह पठाइएको र अभियुक्त खत्रीलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…