• बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल एकेडेमी मंगलबारे अन्तिम चारमा प्रवेष गरेको छ ।
    बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्ग खेलमैदानमा सोमबार भएको खेलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ५–० गोल अन्तरले निराश बनाउँदै मोरङले सेमिफइनल यात्रा सुरक्षित गरेको हो । वर्षाका कारण हिलाम्य बनेको मैदानमा पाहुना टोली खर्साङले सन्तोषजनक खेल देखाउन नसक्दा फाइदा मोरङले लियो ।
    एकपक्षिय खेलमा मोरङको सनसनीपूर्ण जितका लागि कप्तान सन्तोष न्यौपानेले तीन गोल गर्दै ह्याट्रीक पूरा गरे । मोरङका तर्फबाट कर्ण लिम्बू र शौजन राईले एक÷एक गोल गरे ।
    प्रतियोगिताको म्यान अफ दी म्याच घोषित न्यौपानेले खेलको १६ औं मिनेटमै गोलको खाता खोलेर मोरङलाई अग्रता दिलाएका थिए । एक्लै अघि बढेका उनले विपक्षी गोल रक्षक निगम सिंहलाई विट गर्दै बललाई पोष्टको दिशा दिंदा खर्साङ दवावमा प¥यो । त्यसको तीन मिनेटमै मोरङले अग्रता दोब्बर बनाउँदा खर्साङ सम्हालिन सकेन । १९ औं मिनेटमा विपक्षी खेलाडीले क्लियर गर्न नसकेको बललाई कर्ण लिम्बले नियन्त्रणमा लिएर पोष्टको दर्शन गराउँदा मोरङ २–० गोल अन्तरले अघि बढ्यो ।
    खर्साङका विरेन प्रधानले डिबक्स भित्र मोरङका शौजन राईलाई फल गरेपछि ७० औं मिनेटमा रेफ्री मदन काफ्ले मोरङलाई पेनाल्टी सुटआउटको अवसर दिन चुकेनन् । सन्तोषले गरेको पेनाल्टी प्रहार विपक्षी गोलरक्षक निगम सिंहलाई ठोक्किएर रिवाण्ड भए पनि पुन उनैले त्यसलाई पोष्टको दिशा दिन सक्दा खेल ३–० अन्तरमा पुग्यो । ७३ औं मिनेटमा मोरङले खेललाई ४–० को अन्तरमा पु¥यायो । वान टु वान पासको मद्धतबाट बललाई जाली चुमाउँदै सन्तोषले ह्याट्रीक पूरा गर्दा खर्साङको हार निश्चित जस्तै बन्यो । खेलको इन्जुरी समयमा गोल थपेर खर्साङमाथि ५–० अन्तरको फराकिलो जित आफ्नो टिमलाई दिलाउन शौजन राई सफल भए ।
    खेलको दोस्रो मिनेटमै कर्ण लिम्बूले विपक्षी गोलरक्षकलाई विट गर्दै गरेको प्रहारलाई खर्साङका खेलाडीले क्लियर गरेर आफ्नो टिमको सुरुवाती संकट टारेका थिए । ३२ औं मिनेटमै विपक्षी गोलरक्षक निगम सिंह अगाडि बढेको मौकामा उनैले गरेको प्रहारलाई पनि खर्साङका विरेन प्रधानले क्लियर गरिदिए । ३७ औं मिनेटमा गोलरक्षक सिंह अगाडि बढेको मौकामा पनि कर्ण खाली पोष्टमा गोल गर्नबाट चुके । गोल रक्षक अगाडि बढेको अवस्थामा ५७ औं मिनेटमा पनि उनको प्रहारमा विपक्षी खेलाडी विरेन बाधक बने । ६६ औं मिनेटमा मोरङका शौजन राईको प्रहार क्रस बारमा लागेर फर्कियो ।
    मोरङका सामु फितलो प्रदर्शन गरेर निरिह बनेको खर्साङले २५ औं मिनेटमा गोल फर्काउने अवसरलाई सदुपयोग गर्न सकेन । निवार रानाको प्रहारमा मोरङका गोलरक्षक किशोर गिरी बाधक बने । २९ औं मिनेटमा खर्साङका राजिव प्रधानको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन । ३९ औं मिनेटमा रोहन राई वान भर्सेस वानमा चुक्दा पहिलो हाफमा खर्साङले गोल फर्काउन सकेन । मध्यान्तरपछि ६० औं मिनेटमा राजिव प्रधानको प्रहारलाई मोरङका गोलरक्षक गिरीले उत्कृष्ट ढंगबाट बचाउ गरेर आफ्नो टिमका विरुद्ध गोल हुनबाट जोगाए । ८० औं मिनेटमा आदर्श तामाङ चुक्दा खर्साङले खेलमा सान्त्वना गोल पनि फर्काउने अवसर पनि गुमायो । मंगलबारको खेलमा रेडहर्ष क्लब इलाम र अण्डर १८ राष्ट्रिय टिमबीच प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…