•  

    कुमार खड्का भदौ २६ पथरी मोरङको पथरीशनिश्चरे २ स्थित पुर्वपश्चिम लोकमार्ग देखि १ किलोमिटर भित्र रहेको सुन्दर पैनि छेउमा रहेको सालको रुखलाई आइतवार राति वर्षा सगै परेको चट्याङले सालको रुख ढालेको छ ।
    केहिदिन यताको अविरल वर्षा संगै गएरातिको चटयाङले लगभग ७० क्युफिट काठ उत्पादन गर्न सकिने सालको रुखलाई धुजा–धुजा पार्दा १ लाख बराबरको क्षति भएको वनका अध्यक्ष काबुल बहादुर मगरले बताएका छन सोको बारेमा जिल्ला बन कार्यलयलाई जानकारी गराईसकेको मगरले बताएका छन ।
    सो वनमा साल, अस्ना, वोटधगेरो ,टाटरी ,चिलाउने ,क्यामुना ,पीठारी ,काउलो जामुन,कर्मा,राजवृक्ष,खिर्रो र हगा्रयो लगायतका प्रजातिहरु रुख तथा वोटविरुवा रहेका छन । सो वनको क्षेत्रफल २ सय ४५ दशमलव ९४ हेक्टर रहेको छ ।
    २०५६ साल देखि वनको रुपमा सुरु भएको सो हयिाली सामुदायिक वन उपभोक्ता समुहले २०७१ सालमा दर्ता गरि २०७३ सालमा वैज्ञानिक वन व्यवस्थापनको सिद्धान्तमा १० वर्षे योजना निर्माण गरि अगाडि बढिरहेको छ ।
    सो वनले भर्खरै १३ औ साधारण सभा सम्पन्न गरिसकेको छ । सो सभामा समितिकी सचिव चन्द«कला गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४÷०७५ वार्षीक प्रतिवेदनमा कुल आम्दानी १ करोड ६ लाख ५६ हजार २ सय ६३ पैसा कुल खर्चमा ८६ लाख ४३ हजार ९ सय ५९ रुपैया ७० पैसा रहको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…