• कुमार खडका  भदौ २६ पथरी  मोरङको पथरी टा«फिक प्रहरीले आफ्नो कार्यक्षेत्रमा पर्ने सडकमा गुड्ने गाडिमा चेकजाँच कडा गर्ने बताएको छ । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै सवारी चेकजाँचमा कडाई गर्ने भएको हो ।
    चाडपर्व नजिकिदै गर्दा सवारी दुर्घटनाको जोखिम उच्च हुने भएको बताउदै पथरी टा«फिक प्रमुख निर कुमार विकले विशेष गरि मापसे सेवन र अत्याधिक गतिका कारण सवारी दुर्घटना हुने भएकाले सो को न्युनिकरणका लागि मापसे चेकिङ मा विशेष जोड दिने बताएका छन् ।
    सडकमा त्यस्ता सवारी चालक पाईएको खण्डमा कडा भन्दा कडा कानुनी कार्वाहि गरिने बताएका छन । त्यस्तै अत्याधिक गतिका कारण पनि सडक दुर्घटना बढ्दो रहेको वताउदै विकले सोको चेकजाँचका लागि गति मापक यन्त्रको साहायतामा गाडिको गति चेकजाँच गरि नियम उलग्न गर्ने सवारी साधनलाई पनि कार्वाहि गरीने भएको छ ।


    टा«फिक प्रहरीको आर्थिक वर्ष २०७४–०७५को तथ्याङक अनुसार २३ हजार ८ सय सवारी साधनलाई कारवाही गरी १ करोड ३४ लाख ७४ हजार ६ सय राजस्व संकलन गरेको छ ।
    जसमा ट्रक ४ हजार, ३ सय ३८ वटा बाट २५ लाख ८८ हजार , वस २ हजार वटा बाट, १० लाख ९९ हजार, जिपकार ७ हजार ४ सय १० वटा बाट ३८ लाख ६७ हजार,ट्याक्टर २ हजार ८ सय ९५ वटा बाट १५ लाख ९० हजार ५ सय, मोटरसाईकल ६ हजार ६ सय ६८ वटा बाट ४० लाख ५७ हजार ५ सय र अन्य ४ सय ९९ बाट २ लाख ७२ हजार ५ सय गरी २३ हजार ८ सय गरी जम्मा २३ हजार ८ सय सवारी साधनलाई कारवाही गरी १ करोड ३४ लाख ७४ हजार ६ सय राजस्व संकलन गरेको छ ।
    यसै आर्थिक वर्षमा मापसे चेकिङबाट २१८ जना कारवाहिमा परेका छन भने उनिहरुबाट २ लाख १८ हजार रुपैया जरिवाना संकलन समेत गरिएको छ ।
    आर्थिक वर्ष २०७४–०७५ मा नै ४७१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा ट्रक ३१, जिपकार ६४, मोटरसाईकल २४६ र अन्य १३ वटा रहेका थिए यस्तै,दुर्घटना बाट मृत्यु हुनेको संख्या जम्मा ६४ रहेको थियो जसमा पुरुष ५५ जना, महिला ६ जना, बालक १ जना र बालिका २ जना रहेका थिए ।
    यस्तै, आर्थिक वर्ष २०७५–०७६ को असार मसान्त सम्ममा १ सय ३ सवारीसाधनलाई कारवाहि गर्दा १२ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ । यसै आर्थिक वर्षमा ४९ वटा सवारीसाधन दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाईते , ५० जना सामान्य घाईते भएको र असार मसान्त यताहाल सम्म दुर्घटना संख्या २९ पुगेको ट्राफिक प्रहरी कार्यलय पथरीले जनाएको छ ।
    यस्तै, आर्थिक वर्ष २०७३–०७४ मा १८ हजार सवारीसाधनलाई कारवाहि गरी १ करोड १० लाख ९६ हजार राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष २०७२–०७३ मा १८ हजार ८ सय १५ सवारीसाधनलाई कारवाहि गरी ८२ लाख ३ हजार ३ सय राजस्व संकलन भएको थियो ।
    यसरी आर्थिक वर्ष २०७२ देखि २०७५ हाल सम्मलाई हेर्दा दिन प्रतिदिन टा«फिक नियम उल्लंघन गरि दुर्घटनाको संख्या बढदो रहेको बताउदै सोको न्युनिकरणका लागि जेब्रा क्रसिङ,जनचेतना मुलक होईडिङ बोर्ड, स्कुल स्कुलमा जनचेतना मुलक कार्यक्रम गर्दै टा«फिक जनचेतना फैलाउनुका साथै सडक सुरक्षका वारेमा जनचेतनामुलक कार्यहरु गर्दै आएको टा«फिक प्रहरी जवान मगेन्द« प्रधानले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…