• भदौ २६ पथरी यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर पाथिभरा अटो प्लाजा पथरीले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट ¥याली’ सोमवार बाट पथरीमा भित्राएको छ ।


    हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नयाँ मोडलको स्कुटी लन्च गरिएको हो । ‘स्ट्रिट ¥याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित भएको वताईएको छ ।
    सो स्कुटीको अनावरण गर्दै पथरी उद्योग बाणिज्य संघका अध्यक्ष एवं प्रमुख अतिथि दिपक बस्नेतले बजारमा आएको नयाँ मोडलको स्कुटीको सबै मिलेर बजारीकरण गर्नुपर्ने बताउदै, यसले प्रयोगकर्तामा थप उत्साह जगाउन सकोस भन्दै संचालकलाई शुभकामना पनि दिएका थिए ।
    ‘यामाहा रे जेडआर ‘स्ट्रिट ¥याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ पाथिभरा अटो प्लाजा पथरीका संचालक विपिन खड्काले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट ¥याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्ने विस्वाश गरिएको छ ।
    यामाहा प्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा गरेको खड्काले बताए ।’ यामाहा रे जेडआर ‘स्ट्रिट ¥याली’को हाल बजार मूल्य २ लाख ८ हजार ९ सय रहेको पनि खड्काले जानकारी दिएका छन् ।
    यो स्कुटर ¥याली रेड र रेसिङ ब्लु– गरी दुई वटा कलरमा उपलब्ध छ । नयाँ रे जेडआर ‘स्ट्रिट ¥याली’का फिचरहरुमा ११३ सीसी ब्लु कोर इन्जिन, उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेजका साथ चालकको हातको सुरक्षाका लागि प्लगअपभि गार्ड र आकर्षक डिजाइनको बोल्ड न्यु भाइजर रहेको छ ।
    आवश्यक जानकारीहरु समावेश भएको आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेक फ्रन्ट डिस्क ब्रेक रहेको स्कुटी महिला पुरुष दुबैलाई प्रयोग गर्न सहज रहेको प्लाजाले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…