• काभ्रेपलाञ्चोक, २६ भदौ - कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेका छन्। बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।

    स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो। ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो।

    उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन्। सन्तानझैँ माया गरेर पालेको कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…