• काठमाडौं, भदौ २६ । हिन्दु महिलाहरुको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाईदैछ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने चलन छ ।

    मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी,  भगवान शिवको पुजा आराधाना तथा नाचगान गर्ने गर्छन् । राजधानीको पशुपती लगायत मुलुकभरका शिव मन्दिरमा भोलि बिहानैदेखि व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।

    सत्ययुगमा देवी पार्वतीले शिवजीलाई पतिको रुपमा पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरुमा व्रत बस्ने परम्परा रहीआएको छ । तीजमा अविवाहित महिलाले योग्य पति तथा विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु , प्रगति र परिवासमा सुख शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ ।

    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…