• भदौ २६ पथरी  मोरङको कानेपोखरी पथरी सडक खण्डमा मंगलवार विहान १०ः४० वजे भएको कार दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।


    धरान उपमहानगरपालिका वडा नं. १ पृथ्वीपथ बस्ने वर्ष ५५ की ललिता अग्रवाल (गोयल) को उपचारका क्रममा स्थानिय पथरी हस्पीटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    तिव्र गतिमा रहेको वा १९ च ६१२२ नम्वरको कारले को १ ख ६४३५ नम्वरको वसलाई ओभरटेग गर्ने क्रममा अनियन्त्रित भई सोही बस सग ठोकिन पुग्दा सडक बाट तल खोल्सामा खस्दा कारमा सवार अन्य ४ जना घाईते भएको प्रहरीले बताएको छ ।
    घाईते हुनेहरुमा वर्ष ८२ का विश्वनाथ अग्रवाल ,वर्ष ३० की गिता अग्रवाल, गिताको छोरा वर्ष ९ को बरुण अग्रवाल, र कार चालक अनिल अग्रवाल घाईते भएका छन् ।
    घाईते हरु मध्ये विश्वनाथको धरान स्थिति विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने अन्य ३ को विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाईएको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले बताएका छन् ।
    माडवारी सेवा समिति विर्तामोडका पुर्व अध्यक्ष तथा नेपाल मारवारी परिषदका केन्दि«य सदस्य बावुलाल अग्रवालकी बहिनी धरान वाट बिर्तामोड जाने क्रममा सो दुर्घटनामा परि निधन भएको एक नातेदारले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…