• पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिम्बुवानसँग नजिस्किन चेतावनी दिएका छन् ।
    पाँचथरको फिदिममा मंगलबार सम्पन्न खबरदारीसभालाई सम्बोधन गर्दै लिङदेनले प्रदेश–१ लाई सगरमाथा वा कोशी प्रदेश नामकरण गरेर लिम्बुवानसँग नजिस्कन चेतावनी दिएका हुन् । उनले भने– ‘जसरी लिम्बुवानसँग जिस्केर राजतन्त्र र राणा सिद्वियो, त्यसैले तपाईहरु पनि सिद्विने बाटोमा नलाग्नुस ।’ प्रदेश–१ लाई पहिचानको आधारमा लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउन लिङदेनले माग गरे ।
    उनले ओली–प्रचण्डले आदिबासीहरुकै हातबाट पहिचानको गर्धन छिनाउँने षडयन्त्र गरिरहेको दाबि गर्दै पहिचानको बिरोध गर्ने नेकपाका आदिबासी जनजाति नेताहरु नव औपनिवेशिकवादका मतियारहरु भएको टिप्पणी गरे । प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान राज्य बनाउँन मञ्चको लिम्बुवान प्रदेश कार्य समितिले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै मञ्चका उपाध्यक्ष तथा प्रदेश सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउँन अबिचलित भएर लडिरहने प्रतिबद्धता ब्यक्त गरिन् ।
    सभालाई आधा दर्जन बढी केन्द्रीय र प्रान्तीय कार्य समितिका नेताहरुले सम्बोधन गरेका थिए । ‘पहिचानमा आधारित लिम्बुवान सहितको दश प्लस एक प्रदेश बनाऔं’ लगायतका नारा लाउँदै फिदिम बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सहिद मञ्चमा आयोजित खबरदारीसभा संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिका महासचिव संगम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…