• काठमाडौं । छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै निर्मला पन्तका आमाबाबु काठमाडौं आइपुगेका छन् । भोलिबाट राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

    साउन १० मा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । हत्यारालाई कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन गरे । त्यही क्रममा प्रहरीको गोलीबाट एक बालक मारिए ।



    सरकारले कञ्चनपुर प्रहरी र स्थानीय प्रशासनको नेतृत्व परिर्वतन गरेर छानविन थालेपछि आन्दोलन रोकिएको थियो । तर छानविन समितिका एक सदस्यले सोमबार मात्र राजीनामा दिएका छन् भने हत्याका मुख्य अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरेका दिलिप २६ दिन र बम दिदीबहिनी १८ दिनमा रिहा भएका छन् ।

    निर्मलाका आमाबुबासँगै काठमाडौं आएकी अधिकारकर्मी शारदा चन्दले भनिन् छानविन समितिकै सदस्यले राजीनामा दिएपछि भीआईजी’ हत्यारा पक्राउ पर्दैन कि भन्ने लाग्यो । त्यसैले न्याय माग्न उहाँहरु काठमाडौं आउनु भएको हो ।

    उनकाअनुसार निर्मलाको परिवारसँगै स्थानीयबासीले स्थानीय प्रशासनले छानविनमा सहयोग गरेको थियो । तर, पछिल्लो समय वास्तविक हत्यारा पक्राउ पार्नेमा आशंका बढ्यो । झन छानविन समितिकै सदस्यले राजीनामा दिनुका साथै पक्राउ परेकाहरु पनि छुटेपछि न्याय पाउने आश परेको उनले बताइन् ।

    अधिकारकर्मी चन्दका अनुसार सुरुमा वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइनेछ र त्यसक्रममा आउने जवाफका आधारमा अगाडि बढ्ने तयारी छ । आवश्यक परे धर्ना समेत दिने तयारी उनीहरुको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…