• नवलपरासी। गैँडाकोट नगरपालिकाका मेयरको आर्थिक अपारदर्शिता बिरुद्ध उपप्रमुख सहित नगरपालिकाका जनप्रतिनिधीहरु नै आन्दोलनमा उत्रिएका छन्।

    गैंडाकोटका मेयर छत्र पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गत असारमा गरिएका भुक्तानी र खर्चको हिसाब देखाउन नमानेपछि उपमेयर विष्णुकुमारी कँडेल लगायत बहुमत सदस्यले आर्थिक अपारदर्शिता भएको र सूचना नदिएको आरोपमा गैंडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

    गैँडाकोट नगरकार्यपालिकाबाट भएका विकास निर्माण लगायतका खर्चका हिसाब किताब जिम्मेवार जनप्रतिनिधिहरुलाई जान्नबाट बन्चित गराएपछि आफू लगायत बहुमत सदस्यले तालाबन्दी गरेको उपप्रमुख कँडेलले बताइन।

    उपप्रमुख विष्णुकुमारी कँडेलद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेटमा केही बजेट रिजर्भ राखिएको र सोही बजेट सोही आर्थिक वर्षको अन्तिम महिनामा कार्यपालिकाको निर्णय विना नै खर्च गरिएको जनाइएको छ ।

    उपप्रमुख विष्णु कुमारी कँडेलले बिल भौचर हेर्नका लागि समेत आफूले निवेदन दिनुपरेको सुनाइन। निवेदन दिदा समेत प्रमुख प्रशासकिय अधिकृतले मेयरको आदेश अनुसार हेर्न नदिएपछि नगरप्रमुखलाई नगरकार्यपालिकाको बैठकमा कुरा उठाउँदा पनि वेवास्ता गरेपछि वाध्य भएर तालावन्दीमा उत्रनु परेको बताइन।

    हिसाब हेर्न नदिइएको र सूचना पाउने हकबाट उपप्रमुख लगायत अन्य बहुमत जनप्रतिनिधिलाई समेत वञ्चित गरि नगरप्रमुख एक्लौटी रुपमा अघि बढेको उपप्रमुख कँडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

    नगरको सुशासन र आर्थिक पारदर्शीताको जोडदार माग गर्दै  सत्यतथ्य र यथार्थ छिटोभन्दा छिटो बाहिर ल्याउन समेत विज्ञप्तीमा माग गरिएको छ। तालावन्दीका कारण नगरबासीमा पर्न जाने असुविधाप्रति उपप्रमुख कँडेलले क्षमा याचना गरेकी छिन्। उनले नगरभित्रको सुशासन र आर्थिक पारदर्शीताका लागि नगरबासीको सहयोगको अपेक्षा गरेकी छिन्।

    मंगलबार दिउँसो राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुबीचको छलफलका क्रममा नगर प्रमुखले केही दिनमा छलफलबाट टुंगाउने भने पनि लिखित प्रतिवद्धता व्यक्त नगर्दा तालाबन्दी गर्नुपरेको बहुमत सदस्यहरुको भनाइ छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…