झापा । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थको अवार्डबाट क्षेत्र ‘ख’ बाट नारायणगढ महिला जेसीज र क्षेत्र ‘ग’ बाट कृतिपुर जेसीजलाई अगष्ट महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
नेपाल जेसीजले हालै सार्वजनिक गरेको ‘जेसीज अफ द मन्थ’ को नतिजा अनुसार मानवीय तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत क्षेत्र ‘ख’ बाट नारायणगढ महिला जेसीज र क्षेत्र ‘ग’ बाट कृतिपुर जेसीजलाई यस क्षेत्रको उत्कृष्ट शाखाको अवार्ड प्रदान गर्ने निर्णय गरेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।
यस क्षेत्रका शाखाहरुको कार्य सम्पादनका आधार उत्कृष्ट हुने शाखालाई यो अवार्ड प्रदान गरिने गरेको छ । यो अवार्डले शाखालाई थप प्रोत्साहन र हौषला मिलेको नारायणगढ महिला जेसीजकी अध्यक्ष रमा श्रेष्ठले बताउनु भयो । यसैगरी कृतिपुर जेसीजका अध्यक्ष नरेन्द्र महर्जनले शाखाले सामा जिक र मानवीय क्षेत्रमा काम गरेको मुल्याङ्कनको प्रतिफल भएको बताउँदै यो अवार्डले थप हौषला प्राप्त भएको बताउनु भयो । उहाँले शाखाका संस्थापक अध्यक्ष, निर्वतामान अध्यक्ष, पूर्व अध्यक्षहरु तथा सम्पूर्ण बोर्डका साथीहरुलाई शाखालाई उत्कृष्टताको अवार्ड प्राप्त गराउन साथ र सयोग गर्नु भएकोमा आभार व्यक्त गर्नु भयो ।