• झापा । नेपाल जेसीकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रश्मि शिल्पकारलाई अगष्ट महिनाको ‘नेश्नल अफिसर अफ द मन्थको अवार्ड’ प्रदान गरिएको छ ।
    नेपाल जेसीजको राष्ट्रिय बोर्डका पदाधिकारीहरु मध्ये निरुपित क्षेत्रमा उत्कृष्ट कार्य गर्ने एक जना पदाधिकारीलाई ‘नेश्नल अफिसर अफ द मन्थको अवार्ड’ प्रदान गरिने गरेको छ । सोही अनुसार अगष्ट महिनाको अवार्ड शिल्पाकारलाई प्रदान गरिएको हो ।
    २००९ मा भक्तपुर महिला जेसीजबाट जेसीजको सदस्यता ग्रहण गर्नु भएकी शिल्पकार २०१३ मा भक्तपुर महिला जेसीजका शाखा अध्यक्ष अध्यक्ष बन्नु भएको थियो । २०१४ एरिया ‘सि’ तालिम संयोजक बन्नु भएको उहाँ २०१६ मा राष्ट्रिय उपाध्यक्ष तथा २०१८ मा भैरहवामा सम्पन्न ४४ औँ महाधिवेशनबाट राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
    क्षेत्र ‘ख’ को निरुपित कार्यकारीणी उपाध्यक्ष समेत रहुन भएकी शिल्पकार जेसीजभित्र लगनशिल, इमान्दार र शालिन व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…