• देबु बानियाँ
    झापा । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष श्याम सुन्दर पौडेल (मिलन) ले असोज ५ र ६ गते पर्वत जिल्लाको कुश्मामा हुने क्षेत्र ‘ख’ को क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताउनु भएको छ ।

    नेपाल जेसीजको आयोजना तथा पर्वत जेसीजको आतिथ्यतामा हुने सम्मेनलको सम्पूर्ण तयारी पुरा भइसकेको र उद्घाटन दिनको मात्र पर्खाइमा रहेको उपाध्यक्ष पौडेलले बताउनु भयो । ‘उद्घाटनको दिनलाई मात्र पर्खेका छौँ’ यस क्षत्रका निरुपित उपाध्यक्ष समेत रहुन भएका पौडेलले भन्नु भयो–‘सम्मेलनका लागि अब केही छिटफुट कामदेखि बाहेक अन्य सबै काम पुरा भइसकेका छन् । जसमा कार्यक्रम गर्ने स्थलको सजावटका केही काम बाँकी रहेका छन् ।’

    नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तरगत रहेको क्षेत्रीय सम्मेलन अन्तरगत हुने क्षेत्र ‘ख’ अन्तिम सम्मेलन हो । यस अघि गत बैशाख २८ र २९ गते क्षेत्र ‘घ’ को त्रिभूवननगर जेसीजको आतिथ्यतामा दाङमा सम्पन्न भएको थियो । क्षेत्र ‘ग’ को साँखुमा भदौ १५ र १६ मा र क्षेत्र ‘क’ को भदौ २२ र २३ गते सुरुङ्गामा सम्पन्न भइसकेको छ । सबै क्षेत्रको क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेको र त्यहाँ भएका सम्मेलनका अनुभवहरुलाई समेत यस सम्मेलनमा समावेश गरेर अझ उत्कृष्ट सम्मेलन बनाउने तयारी भएको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
    यस सम्मेलनमा आउने अतिथिलाई हिमाली भेगमा पाइने विभिन्न परिकारका खानाहरुसहित च्याङ्ग्राको मासु खुवाइने उहाँले बताउनु भयो ।
    क्षेत्र ‘ख’ को सम्मेलनका लागि पर्वत जेसीजका पूर्व अध्यक्ष वसन्तकुमार कर्मचार्यलाई निर्देशकको रुपमा नियुक्ती गरिएको उहाँले बताउनु भयो ।
    पर्वतको कुश्मा बजारमा हुने सम्मेलनमा यस क्षेत्रमा रहेका ३२ वटा शाखाका ७ सय ५० भन्दा बढी जेसीजकर्मीहरुको सहभागिता रहने बताउँदै उपाध्यक्ष घिमिरेले यो क्षेत्रीय सम्मेलनलाई नेपाल जेसीजको इतिहासमै फरक र उत्कृष्ट रुपमा सम्पन्न गर्ने योजनाका साथ लागि परेको बताउनु भयो । उहाँले सम्मेलनको तयारीका लागि यस क्षेत्रमा रहेका शाखाहरुको निमन्त्रणाका लागि पर्वत जेसीजको टिम हरेक शाखामा पुगेर निमन्त्रणा गरिसकेको बताउनु भयो ।
    सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले गर्ने तयारी गरिएको छ ।
    यस क्षेत्रका लागि निरुपित कार्यकारीणी उपाध्यक्षमा रश्मि शिलपकार, उपाध्यक्षमा जनक घिमिरे र राजेन्द्र घिमिरे रहनु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…