• पशुपतिनगर, २८ भदौ केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।

    इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् ।

    विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत् प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत् प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो ।

    उहाँका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना छ ।

    यस्तै अर्को विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झन सकेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत् प्राधिकरणका प्राविधिक बिहानैदेखि खटिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…