उर्लाबारी । सामाजिक कामका अग्रपन्तिमा रहनुभएका युवा समाजसेवी सुन्दर श्रेष्ठलाई आरम्भ नाट्य डबली रतुवामाईले सम्मान गरेको छ । उर्लाबारी—९ खोपिँडाडा निवासी श्रेष्ठले क्लवको स्तरोउन्नती र समाजका विविध पाटाहरुमा पुर्याएको योगदानको कदर गर्दै आरम्भले सोमबारेमा बुधवार साँस्कृतिक कार्यक्रममा सम्मान गरेको हो । श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी रतुवामाई नगरपालिकाका प्रमुख रबिन राई र क्लवले सम्मान पत्र हस्तान्तरण गर्दै दोसल्ला ओडाउनु भयो । श्रेष्ठले तिज पर्व नेपालीहरुको साझा पर्व भैसकेको बताउदै पर्बले जातिय सद्भाव बढाएको बताउनु भयो ।
क्लवले सोमबारेमा तिज बिशेष कार्यक्रममा नाटक लगायत बिभिन्न साँस्कृतिक कार्यक्रम गरेको थियो ।