• काठमाडौँ, भदौ २८ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन गएका नेपाली फुटबल टोली बिहिबार स्वदेश फर्किएका छन् ।

    सेमीफाइनलमा खराब हार बेहोर्दै बिहिबार नेपाली फुटबल टोली स्वदेश फर्किएका हुन् । बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली साफ च्याम्पियनसिपबाट बाहिरिएको हो । साफ च्याम्पियनसिपमा समूह चरणमा दुई खेलमा जित निकालेर समूह विजेता बनेको नेपाली टोली सेमीफाइनलमा गरेको कमजारे प्रदर्शनका कारण निराश बनेर स्वदेश फर्किएको हो ।

    अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी र खेल प्रशंसकहरुले नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    समूह चरणमा दुई खेलमा जित निकालेर समूह विजेता बनेको नेपाली टोली बुधबार भएको सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भयो ।माल्दिभ्ससँगको सेमिफाइनलमा गरेको कमजोर प्रदर्शनका कारण साफको फाइनल पुग्ने सपना नेपाली सपना यो पटक पनि पूरा गर्न सकेन ।

    समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएको नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० र बंगलादेशविरुद्ध २–० को जित निकालेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…