क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र पुरानो बुलेट हाल सम्पादनको क्रममा रहेको छ । चलचित्र सम्पादनमा फिल्म मोसन नेपालका अर्जुन जिसी र सन्देस साह खटिएका छन् ।
काठमाडौंको अलवा पूर्वको लेटाङ, दोमुखा, नाम्जे लगायतको स्थानमा खिचिएको यस चलचित्रमा अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बु, शिरोमणि दवाडी, कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया आदिको अभिनय रहेको छ । चलचित्रको निर्देशन भीषण राईले सम्हालेका छन् ।