• धनकुटा । २०७२ सालमा आफ्नै घर नजिक चुंडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका धनकुटा चौबिसेका ७ बर्षीय बालक सन्देश तामाङ्लाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ । हात र खुट्टाको भर नहुंदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो ।

    गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरिर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य सन्देश सबैजना भएर पनि एक्लो जस्तै छन् । बाबु टेक बहादुर कान्छि श्रीमतीसंग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६५ बर्षीया बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेका छन ।

    करेन्ट लागे देखि हाल सम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।

    पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण बाँकी नै भएको र अब कुनै उपाय नभएको बताऊँदै बाजे जीत बहादुर सहयोग गरिदिनुहुन अपिल गर्दै भन्छन,- उपचार खर्च नहुँदा सन्देशका बाबु आमाले नै छाडे, म उपचार गर्न लैजान्छु तर म सगँ आर्थिक उपाय छैन तपाईहरुले सहयोग गरेर मेरो नातिलाई बचाईदिनुहोस्’

    अपांगता भएका संदेश बचेको एक हात जोड्दै भन्छन,- मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् ।

    सहयोग कहाँ र कसरी गर्ने ?

    सन्देशको मर्माहत समाचार प्रकाशन गरिएसँगै देश र विदेशमा रहनुभएका सहयोग गर्न ईच्छुक सहयोगी मन र हातहरुले सहयोग गर्न ईच्छा देखाएसँगै धनकुटा खबर टिम नै “सन्देश बचाउ अभियान”मा लाग्ने निर्णय गरिएको छ ।

    सहयोगका लागि “धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.“, जनता बिकास बैंक, पाख्रीबास शाखा धनकुटा, खाता नं ०२६००२०४७७४७२०१ मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…