• मेरो बाबा🌹
    बाबाको मुख हेर्ने दिन विशेष🌹🌹
    कसरी भुल्न सक्छु म बाबा तिम्रो त्यो मुहार
    पढाउनु पर्छ छोरीलाई भन्दै दिएको गुहार
    अर्काको नासो पढाउनु हुन्न भन्दथ्यो समाज
    जुरुक्क उठी बिद्रोह गरेउ देखायौ साहस।।
    लेक र बेंशि दाम्लो र नाम्लो पिठ्युंमा भारी छ
    फाटेका लुगा शरीर जिर्ण खुट्टा झन् खाली छ
    कुर्कुच्चा फुटि बन्चरे जस्तै रगत टप्कने
    ढुंगा र मुढा जीवन बनाई खुशिले ढल्कने।।
    सन्तान पाल्न मुग्लान पस्यौ दुखले कमाई
    ल्याएर दिन्थ्यौ अनेक वस्तु सुखले रमाई
    सन्तान ईच्छा पुर्याउनलाई क्यै दुख भनेनौ
    मागेको वस्तु खुसिले दियौ ईन्कार गरेनौ।।
    हामिलाई भोको राखेनौ कैल्यै अतृप्त मायामा
    चन्द्रमा जस्तो अनुहार तिम्रो शितल छांयामा
    भोकाई हामी माग्दथ्यौ खान अामालाई झपार्थ्यौ
    खुट्टामा काडा बिझेको देख्दा वनलाई सराप्थ्यौ।।
    सन्तानलाई पढाईकन खुट्टामा उभ्याउने
    भनेनौ कैले कसरी होला त्यो खर्च जुटाउने
    सुसभ्य शिक्षित सन्तानलाई बनाउने चाहना
    कर्तब्यबाट नचुकि हिंड्यौ गरेनौ बहाना।।
    प्रेमको बोली बोलेर सधैं काखमा राखेर
    पढ है छोरी के चाहियो भन्थ्यौ काखैमा राखेर
    जे जस्तो पीडा परेनि भित्रै राखेर मनमा
    उज्यालो छर्ने हे मेरो बाबा फुर्ति थ्यो तनमा।।।
    दशैं र तिहार तीजको बेला बाबालाई सम्झेर
    यो मन रुन्छ धरधरी बाबा के गर्नु रोएर
    नौडांडा पारी बिरानो ठाऊंमा कहाँ हो गएको
    चटक्कै बिर्सि निष्ठुरी किन हे बाबा भएको???
    कसलाई बाबा भनेर बोलाऊं को दिन्छ माया र
    सन्चै छौ छोरी के चाहियो भनी कसले पो भन्छ र?
    कसैले ह्यापे म छु है भन्थ्यौ अब को रह्यो र
    मनको पीडा बिसाउने ठाऊं कहाँ को भयो र??
    कसरी बिर्सुं हे मेरा बाबा यो मुटु भरिन्छ
    यो रित्तो भांडो अागोले पोल्यो चर्चरि चिरिन्छ
    कहाँ छौ बाबा म भेट्न अाउंछु बिरानो ठाऊंमा
    फर्केर अाऊ टुहुरा भयौं यो अाफ्नै गाऊंमा!!
    बाबा यो अाफ्नै गाऊंमा।।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…