• कुमार खड्का भदौ २८ पथरी
    चर्च ब्वाइज काठमाडौंलाई २–१ गोलले पराजित गर्दै मोरङ फुटबल एकेडेमी उर्लाबारी मेगलवारे मोरङको बेलाबारीमा जारी दोस्रो अन्तर्रा्ष्ट्रिय आमन्त्रित बुद्घ एयर गोल्डकप गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
    विहिवार भएको प्रतियोगितामा चर्ज बोईज काठमान्डौ लाई पराजित गर्दै ऐकेडेमिले फाइनलम आफनो स्थान पक्का गरेको हो । स्थानीय लक्ष्मी खेल मैदानमा भएको विहिवारको पहिलो सेमिफाइनल खेलमा मोरङ फुटबल एकेडेमी मगलवारेले उत्कृष्ठ खेल पस्कदै चर्च ब्वाइजको फाइनल पुग्ने यात्रा मा पुर्णविराम लगाईदिएको हो । मोरङ एकेडेमीका लागि पहिलो हाफको ३६ औं मिनेटमा संजोग राईले गोल गर्दै टिमलाई उत्साहित बनाएका थिए ।
    राईले गोल पोष्टमा प्रहार गरेको बल चर्चका गोल रक्षकले बाउन्स गरी बचाए पनि बललाई नियन्त्रणमा लिई संजोकले पुन प्रहार गर्दै बललाई जाली चुमाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङ एकेडेमीले थप १ गोल गर्दै टिमलाई २–० गोलको अन्तर कायम गर्न सफल बन्यो ।
    मोरङ एकेडेमीबाट मैदानमा उत्रिएका विदेशी खेलाडी फेन्कले टिमका लागि पहिलो हाफको ४८ औ मिनेटमा दिपेश श्रेष्ठले मैदानको मध्य भागबाट दिएको पासलाई सदुपयोग गर्दै फेन्कले उत्कृष्ठ गोल गरेका हुन् ।
    मोरङ ऐकेडेमिका स्टा«ईकर कर्ण लिम्वुले पाएका केहि सुन्दर अवसरहरुको सदुपयोग गर्न नसक्दा मोरङ थप गोल गर्न वाट चुकेको थियो । खेलको पहिलो हाफमा मोरङ चर्ज माथि हावी भएता पनि दोस्रो हाफमा भने चर्जले उतकृष्ठ खेल पस्कीदै लयमा फर्कीएको चर्जले ७९ औं मिनेटमा गोल गर्दै आक्रमक खेल प्रर्दशन गरेको थियो चर्च ब्वाइजका तर्फ वाट १ मात्र सात्वना गोल निरज बस्नेतले गरेका थिए । १ गोल गर्दै उत्साहा थपेको चर्जले थप अरु गोल गर्न नसक्दा नतिजा ऐकेडेमिलाई सुम्पदै आफ्नो फाईनलको यात्रामा पुर्ण विराम लगाउदै घर फर्किएको छ ।
    विहिवारको खेलको म्यान अफ द म्याच मोरङ एकेडेमीका विबेक पौडेल घोषित हुदै मेडल र नगद ५ हजार हात पारे ।
    शुक्रवारको दोस्रो अर्थात गोल्डकपको अन्तीम सेमिफाईनल खेल टुवोर्ग रेडहर्स इलाम र डिफेन्डिङ च्यमपियन विर्तामोड युनाइटेड क्लव झापा बीच आयोजकले वताएको छ ।
    विर्तामोड युनाइटेडले गत आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्तामोडले सेमिफाइनको यात्रा तय गरेको थियो । भने ईलामले गत मंगलवार भएको खेलमा अण्डर – १८ को राष्ट्रिय टोलीलाई टाङब्रेकरमा ५–४ गोलले पराजित गर्दैे सेमिफाइनलको यात्रा तय गरेको थियो ।
    बुधबार वर्षाले खेल मैदान हिलाम्मे भएपछि रोकिएको खेल विहिवार भएको हो उपाधिका लागि मोरङ एकेडेमीले शुक्रबार इलाम र युनाइटेड क्लव बिर्तामोड बीच हुने खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
    जारी प्रतियोगिताको बिजेताले उपाधिसहित २ लाख २२ हजार हात पार्नेछ भने उपविजेताले १ लाख २ हजार प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि भदौ ३० गते हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…