काठमाडौं; नेपाल कम्युनिष्ट पार्टीको एकीकरण प्रक्रिया अझै लम्बिने भएको छ । नेकपा सचिवालयको दुई दिन बसेको बैठकले एकीकरणका बिषयमा ठोस निष्कर्ष निकाल्न सकेन ।त्यसको जिम्मा बैठकले दुई अध्यक्षलाई दिएसँगै पार्टीको तल्लो तहको एकीकरण प्रक्रिया लम्बिएको हो । नेकपाको तल्लो तहको एकीकरण प्रक्रिया नेतृत्व बाँडफाँडको मुद्दामा अल्झिएको बुझिएको छ ।
बुधबार र बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकरणको नयाँ मापदण्ड बनाएर सचिवालय बैठकमा पेस गर्ने गरि दुई अध्यक्षलाई जिम्मा दिइएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बिहीबार अपराह्न सम्म ६ वटा प्रदेशले सचिवालयलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रदेश २ ले भने प्रतिवेदन बुझाएको छैन । नेतृत्व कसले लिने भन्ने विवाद बढे पछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन सकेका छैनन् । दुई अध्यक्षको बैठक शुक्रबार बिहान बालुवाटारमा बस्ने भएको छ ।