• काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि थाइल्याण्ड जाँदैछन् । शुक्रबार उनी थाइल्याण्ड जान लागेका हुन् । डेढ महिनाअघि पनि उनी थाइल्याण्ड पुगेका थिए ।

    पूर्वराजा सपरिवार भ्रमणमा हुनेछन् । थाइल्यान्डबाट उनीहरु श्रीलंका हुँदै भारत जानेछन् ।

    थाइल्याण्डमा दुई साता बस्ने कार्यक्रम छ । यसको व्यवस्था मिलाउन पूर्वयुवराज्ञी हिमानी शाह बिहीबारै बैंकक गइसकेकी छिन् ।


    थाइल्याण्डलाई किन ‘ट्रान्जिट प्वाइन्ट’ ?
    थाइल्याण्ड पूर्वराजाका लागि बढी आनन्ददायी स्थल हो । थाइल्याण्डमा राजसंस्था रहेकाले पनि उनले त्यहाँ राजाकै हैसियतमा बस्न पाएका छन् ।

    यसअघिको भ्रमणमा हिमानीलाई त त्यहाँका राजाले औपचारिक कार्यक्रममै समावेश गरेका थिए ।

    सीधै भारत जाँदा आलोचना हुने देखेपछि पूर्वराजाले थाइल्याण्ड हुँदै भारत यात्रा गर्न लागेको बुझिएको छ ।

    यसपटकको भ्रमण लामै हुनेछ । एकमहिनापछि दशैंको सप्तमीका दिनमात्र पूर्वराजपरिवार काठमाडौं फर्कने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…