• रौतहट; गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत (स्थानीयको भेला) राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे ।

    पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो ।

    तर, पञ्चायतको निर्णय चित्त नबुझेपछि पीडित परिवार उजुरी लिएर इलाका प्रहरी कार्यालय गरुडा पुगेका थिए । बालिकाकी आमाले अन्सारीविरुद्ध उजुरी दिएकी छिन् । गत २० भदौमा घरमा कोही नभएको मौका छोपी अन्सारीले बलात्कार गरेको उल्लेख छ ।

    उजुरीपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेपछि केही स्थानीयले प्रदर्शन र तोडफोड गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । घटनालाई प्रभावित पार्न प्रदर्शन गरिएको ओझाको भनाइ छ ।

    यता सांसद अब्दुल कलाम आजादले भने बलात्कारको घटना मिलाउने र ढाकछोप गर्ने आफ्नो उद्देश्य नरहेको बताए । गाउँमा भएको घटनाबारे जानकारी लिन मात्र आफूले स्थानीयलाई बोलाएको उनको दाबी छ ।

    मिलापत्रका लागि दबाब दिने प्रदेश सांसद फुलबाबु भनिने अब्दुल कलाम आजाद गत निर्वाचनमा रौतहट क्षेत्र नं. ४ (ख) का सांसद हुन् । उनी निर्वाचनअघिसम्म कांग्रेस राजनीतिमा थिए । तर, टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार भए ।

    गढिमाई नगरपालिका– ३ गमरिया बिर्ताका स्थायी बासिन्दा आजाद ०५४ सालमा तत्कालीन गमरिया पर्सा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गणतन्त्र आइसकेपछि उनी केही समय प्रकाश कोइराला समूहमा लागेर हिन्दू राज्यको माग गर्दै हिँडेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…