• काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच पाँच मन्त्री परिवर्तन गर्दै मन्त्रीपरिषद् पुर्नगठन गर्ने गोप्य सहमति बनेको छ ।

    निकटस्थ स्रोतका अनुसार पूर्व एमालेका तीन र माओवादीका दुई मन्त्रीलाई अवकाश दिने निष्कर्षमा नेकपाका दुई अध्यक्ष पुगेका हुन ।

    नागरिकहरूमा सरकारको कार्य शैलीप्रति निराशा बढेपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच केही मन्त्री फेर्न सहमति जुटेको बताइन्छ ।

    स्रोतका अनुसार पूर्वमाओवादी मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव तथा पूर्व एमालेबाट मन्त्री भएका पर्यटनमन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई अवकाश दिने तयारी बनेको हो ।

    नयाँ मन्त्री नियुक्ति गर्दा पनि जुन पार्टीबाट मन्त्री बनेका हटाइएको हो, त्यही पार्टीबाट गर्ने सहमति दुई अध्यक्षबीच बनेको बताइन्छ ।

    प्रचण्ड भारत भ्रमणमा जानु अघिनै केही मन्त्री फेर्ने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेका थिए । प्रचण्डले पनि दुई–चार जना मन्त्री हट्न सक्ने अभिव्यक्ति सार्वजनिक रुपमा नै दिएका थिए ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले गत सोमबार साँझ ओली र प्रचण्डबीच मन्त्री फेर्ने सहमति जुटेको जानकारी दियो । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…