• विराटनगर, । भदौ २४ गते हत्या गरिएका नेपाल तरुण दलको रोल्पा जिल्ला लिवाङ नगरपालिका सभापति रोहित पुनको स्मृतिमा विराटनगरमा श्रद्धाञ्जलिसभा गरिएको छ ।
    नेपाल तरुण दल महानगर कार्यसमितिले पुनको स्मृतिमा स्थानीय ट्राफिकचोकमा श्रद्धाञ्जलिसभा गरेको हो । नेपाली कांग्रेसका प्रदेश र जिल्लास्तरीय नेताहरूको समेत सहभागितामा सभा गरिएको हो । कार्यक्रममा मैनबत्ती बालेर पुनलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो । श्रद्धाञ्जलिसभामा बोल्ने वक्ताहरूले सरकारकै संरक्षणमा हत्या हिंसा भइरहेको आरोप लगाए । प्रदेशसभा सदस्य विन्द्या कार्कीले पुनको हत्या कायरतापूर्ण भएको भन्दै घटनाको भत्र्सना गरिन् ।
    कार्यक्रमका सहभागीले हत्या हिंसाको विरोध गर्दै कालोपट्टी बाँधेका थिए । सो क्रममा मृतक पुनलाई श्रद्धाञ्जलि दिंदै एक मिनेट मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा तरुण दल मोरङका अध्यक्ष सञ्जय थापा प्रभाकर, कोषाध्यक्ष लक्ष्मी रिजाल, महानगर समितिका अध्यक्ष सन्तोष न्यौपानेलगायतका तरुण नेताहरूले हत्यारालाई कडा कारबाही गर्न माग गरेका थिए ।
    यसैबीच, नेपाल तरुण दल मोरङले हत्यारालाई कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ । अध्यक्ष सञ्जय थापा प्रभाकरको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…