• दमकभदौ २९/ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ ।
    यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भयो । दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको विकासमा क्रियाशील रहदै नेजाको अध्यक्षमा निर्वाचित हुँदा दमक र झापालीको शान र प्रतिष्ठा बढेकाले उहाँलाई सम्मान गरेको प्रेस यूनियन क्षेत्रीय समिति अध्यक्ष बिष्णु सुब्बाले बताउनु भयो ।
    सम्मान ग्रहण पछि बोल्दै नेजा अध्यक्ष पन्तले आफूहरु अमेरिकामा रहेपनि पत्रकारिता भने नेपाली समाजकै गरिरहेको बताउनु भयो । उहाँले नेपाललाई समृद्धि र विकसित बनाउन तथा अमेरिकामा रहेका नेपालीहरुलाई पहिचान दिलाउने बाटोमा आफूहरु कलम चलाईरहेको बताउनु भयो । उहाँले पत्रकारहरुले प्रभावहीन भएर आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनु भयो । अमेरिकामा रहेका पत्रकारहरुले नेपाल र अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच पारिवारिक सम्बन्ध जस्तै कानुनी सम्बन्ध पनि विकास गराउन चाहेको बताउनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले पूर्वाग्रही नभई खबरदारी पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले नयाँ नियम, कानुन अनुसार जनप्रतिनिधिहरु चयन भएर आएकाले उनीहरुलाई खबरदारी गर्दै समाजलाई विकासको बाटोमा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, समाजसेवी चैतन्य बराल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतमलगायतले बोल्नु भएको युनियन क्षेत्रीय समिति सचिव अर्जुन राजबंशीले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…