• काठमाडौँ, ३० भदौ

    राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राख्नुभएको थियो । ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभयो । उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गर्नुभएको थियो । ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत गर्नुभएको थियो । आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गर्नुभयो । भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव भूमि व्यवस्था, शहकारी तथा गरिबीमन्त्री पद्याकुमारी अर्यालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक ३१ गते आइतबार ११ बजे बस्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…