• कुमार खड्का भदौ ३० पथरी मोरङ पथरीशनिश्चरे २ का १३ बर्षीय बालक मनिष ढकालको बाँधमा डुबेर शनिवार मृत्यु भएको छ ।
    पथरीशनिश्चरे २ का रत्न ढकालका छोराको पौडी खेल्ने क्रममा मृत्यु भएको स्थानियले बताएका छन । पथरीशनिश्चरेको न्यू प्यागोडा अङग्रेजी माध्यमिक विध्यालय कक्षा ७ मा अध्ययनरत बालक विहान ११ बजे दिदीको घर जान भनेर घरबाट निस्कीएको बालका आफन्तले बताएका छन् ।
    अबेर सम्म घर नआए पछी खोजि गर्दा लाटीहोलीको डिलमा साईकल, लुगा र आईडी कार्ड फेलापरे पछि खोज्दा खोला भित्र गाडीएको अवस्थामा फेला परेको परिवारीक स्रोतले बताएको छ ।
    पथरीशनिश्चरे २ मा पर्ने सुन्दर सामुदायीक वन र चौतारी सामुदायीक वनमा पर्ने लाटीहोलीको वाँधमा बालक डुवेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय पथरीका प्रमुख कमल वजगाईले बताए । हाल बालकको पोषमार्टमका लागि उर्लावारी मंगलवारेको मंगलवारे अस्पताल लगिएको प्रहरीले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…