• कुमार खड्का  भदौ ३० पथरी झापाको बिर्तामोड युनाईटेडलाई ६–० गोलले पराजित गर्दै मोरङ फुटबल एकेडेमी उर्लाबारी मंगलवारेले ,मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तर्रा्ष्ट्रिय आमन्त्रण दोस्रो बुद्ध एयर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ ।
    स्थानीय लक्ष्मी खेल मैदानमा भएको शनिवारको फाइनल खेलमा मोरङ फुटबल एकेडेमीले उत्कृष्ठ खेल प्रर्दशन गर्दै बिर्तामोड युनाईटेडलाई स्तप्ध पारेको थियो । मोरङ एकेडेमीका लागि पहिलो हाफको ५ औ मिनेटमा निशान लिम्बुले गोल को खाता खोलेका थिए ।


    त्यसको १ मिनेट वित्न नपाउदै ऐकेडेमिका कर्ण लिम्बुले गोल थप्दै २–० को अग्रता बनाएका थिए । निकै दवावमा रहेको बिर्तामोडले खेलको ३८ औं मिनेटमा डिफेन्स लाईनको कमजोरिको फाईदा उठाउदै मैदानको बिच भाग बाट बिबेक पौड्लेले निकालेको पासमा सौजन राईले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए ।
    दोस्रो हाफमा विर्तामोडले केहि राम्रा अवसरहरुको सृजना गरेतापनि सदुपयोग गर्न नसक्दा जवाफी गोल फर्काउन वाट वञ्चित बन्यो । खेलको ५१ औं मिनेटमा ऐकेडेमिका आशिस चापागाईंले किपरलाई विटगर्दै निकालेको पासमा नानि लिम्बूले सदुपयोग गर्न नसक्दा ऐकेडेमि थप गोल गर्न वाट चुकेको थियो । भने ५३ औं मिनेटमा विर्तामोडका आशिसले प्रहार गरेको बल मोरङका जीवन धामीले पोल लाईन बाट बचाएका थिए ।


    खेलको ५५ औं मिनेटमा मोरङका कर्ण लिम्बुलाई फल गरे पछि पाएको पेनाल्टीमा प्रेन्कले प्रहार गरेको पेनाल्टी सुटले गोलको दिशा लिन नसक्दा एकेडेमि थप गोल बाट चुकेको थियो ।
    खेलको ५७ औं मिनेटमा पुन कर्णले गोल गर्दै खेललाई ४–०को अन्तरमा पु¥याए खेलको ६४ औं मिनेटमा कर्ण लिम्बुले पाएको वान टु वान बलमा डिफेन्स र किपर बिट गर्दै उत्कृष्ट गोलले चाली चुम्दा कर्णले आफ्नो नामका ह्याट्रिको खाता खोल्न सफल भएका थिए । त्यसै गरि एकेडेमीका प्रेन्कले दोस्रो हाफमा पाएको २ ओटा मैका सदुपयोग गर्न सकेन्न भने दोस्रो हाफको अतिरिक्त समयमा प्रेन्कले नै गोल गर्दै खेललाई ६–० को अन्तरले विजयी बनाए । खेलमा सबै बिधाका उपाधी मोरङ एकेडेमीका खेलाडीले प्राप्त गरे ।
    जसमा खेलमा म्यान अफ द म्याच जीवन धामी, बेष्ट किपर किशोर गिरी, बेष्ट डिफ्रन्स प्रबेश दनुवार, बेष्ट मिड फिल्डर संजोग राई , बेष्ट फर्वाड कर्ण लिम्बु, बेष्ट कोच संजिव बुढाथोकी, उदयमान खेलाडी मनिस राई घोसीत हुँदै जनहि ५र÷ हजार प्राप्त गरे भने हाई स्कोर कर्ण लिम्बूले ७ हजार र म्यान अफ द ससिरिज बिबेक पौडे्लले १० हजार साथै ७ दिनको दुबई टुरको अवसर समेत प्राप्त गरे । जित संगै मोरङ एकेडेमी मंगलबारेले नगद २ लाख २२ हाजार २ सय २२ मेडल, ट्रफ्री र प्रमाण पत्र प्राप्त गर्याे भने उपविजेता बिर्तामोड युनाईटेडले नगद १ लाख ११ हजार १ सय ११, मेडल, ट्रफ्री र प्रमाण पत्रमा चित्त बुझाउनु पर्याे ।
    बिजेता तथा उपबिजेता टोलिलाई प्रमुख अतिथी अखिल नेपाल फुटवल संघ (एन्फा) अध्यक्ष कर्म छिरिङ शेपा र विशिष्ट अतिथी प्रदेश नं. १ का संसद लोक प्रसाद सैग्रैलाले नगद सहित ट्रफिले सम्मान गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…