• प्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् । संविधानको विरोधका लागि राजपाले सभा गर्न आफ्ना मन्त्री खटाएको छ ।  राजपाले संविधान संशोधनको मागलाई लिएर ३ असोजमा बृहत् विरोधका कार्यक्रम गर्ने निर्णय गरेसँगै त्यसको नेतृत्वका लागि नेता परिचालन गरेको हो ।

    राजपाले भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाललाई सप्तरी खटाएको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावारणमन्त्री रामनरेश रायलाई सिरहा र सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई धनुषा खटाएको छ ।

    राज्यमन्त्री डिम्पल झालाई महोत्तरी र सुरेश मण्डललाई रौतहट खटाएको छ । मधेस अन्दोलनमा असई थमन विकको हत्या अभियोग खेपिरहेका राज्यमन्त्री अभिराम शर्मालाई सर्लाही खटाइएको छ ।

    राजपाका शीर्ष नेता पनि विरोधसभामा खटिने भएका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई बारा र पर्साको जिम्मेवारी दिइएको छ । त्यस्तै, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई बाँके र बर्दिया, महेन्द्र राय यादवलाई नवलपरासी, रुपन्देही र कपिलवस्तु खटाइएको छ । शरत्सिंह भण्डारीलाई झापा, राजकिशोर यादवलाई मोरंग र सुनसरी तथा अनिलकुमार झालाई कन्चनपुर र कैलालीमा हुने विरोध कार्यक्रमको जिम्मा दिइएको छ ।

    राजपाले स्थानीयस्तरमा राजपाबाट निर्वाचित जनप्रतिनिधिलाई खटाएको छ । प्रचार गर्ने र जनसहभागिता गराउने जिम्मा उनीहरूलाई दिइएको धनुषाका एक मेयरले बताए ।

    सरकारमा बसेरै कालो दिन मनाउने तयारी
    संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो । तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको छ ।

    सरकार र सडकबाट संघर्ष : मन्त्री यादव
    प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले पार्टीको निर्देशनअनुसार आफूहरूले विरोध दिवस नै मनाउने बताए । वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनबाट राजपाले सडक, सदन र सरकार तीनै स्थानबाट संघर्ष गर्ने नीति लिएकाले आफूहरू पनि विरोध सभामा सहभागी हुने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…