• लक्ष्मीमार्ग ३१ भदौ । मोरङको स्थानीय लक्ष्मी माध्यामिक विद्यालयको कक्ष्ाँ ९ मा पढदै गरेकी १४ वर्षिय रिता कार्की विद्यालयवाट घर पुग्ने वित्तिकै सिटी रिक्साको ह्याण्डील सामाउछिन । विद्यालय जानुअघीको समयमा पनि उनी सिटी रिक्साको ह्याण्डीलमै हुन्छीन । ५ महिनादेखि रिताको दैनिकी यसरी नै वित्दै आएको छ । उनले सिटी रिक्साको ह्याण्डील नसमाउदा चार परिवारको हात मुख जोडन समस्या पर्छ । त्यतीमात्र होइन उनकै परिश्रमले आफु सहित एक वहिनी र एक भाई विद्यालय पढदै छन ।
    बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा १० धुर जमिनमा वनाएको कच्ची घरमा रितास“गै आमा जुना, वहिनी नितु र भाई मदन वस्छन । उनीहरु सोही विद्यालयको क्रमश कक्षा ७ र २ मा अध्ययनरत छन । वावु दुर्गावहादुर परिवारको सम्पर्कमा छैनन् । पहिला राजमिस्त्रीको काम गर्ने उनी पछिल्लो समय सिटी रिक्सा कुदाएर परिवारको गुजरा चलाउदै आएका थिए । तर उनले दुवै काम छाडेर परिवार छाडेर अन्यत्र वस्न थालेपछि १४ वर्षिय रितामा परिवारको भरोसा बनेकी हुन ।
    परिवारको दैनिक हात मुख जोडन र आफु सहित भाई र वहिनीको पढाई खर्चको व्यवस्था गर्नैका लागि विद्यालय अघी र पछिको समयमा आफुले सिटी रिक्सा चलाउदै आएको रिताको भनाई छ । दैनिक सरदर ६–७ सय रुपैया आम्दानी हुन्छ । उनले भनिन् त्यसमध्ये २ सय ५० रुपैया हरेक दिन स्थानीय वित्तिय सस्थामा बचत गरेर बा“की रकम परिवारको गुजराकालागि आमा जुनालाई बुझाउने गरेको छु ।

    आफु सानी भएका कारणपनि यात्रुहरु आफनो सिटी सफारिमा चढन र भा“डा तिर्न हिचकिचाउदैनन् । उनले भनिन् कति सानी नानीले चलाएको भन्दै यात्रुहरु सिटीमा चढेर सहानुभूति दिन्छन ।
    राजमिस्त्री काम गर्दापनि पति कहिले काहीमात्र घरमा आउथे । चारकोसे जङगलवाट दिनहु“ निगुरो टिपेर विक्री गर्दै आएकी रिताकी आमा जुनाले भनिन् पति सधै वरालीएर हिडेपछि उनलाई लाइनमा ल्याउन माइतीले दिएको १० धुर जमिन विक्री गरेर २ लाख ५० हजारमा सिटी रिक्सा खरिद गरेर चलाउन आग्रह गरे । केही समय उनले सिटी चलाए र वीचमै छाडेर सम्पर्कमा आउनै छाडेपछि सिटी घरमा थन्कियो ।
    सिटी थन्किएस“र्गै परिवारको गुजरापनि संकटमा प¥यो ।
    जुनाले भनिन् आफुलाई चलाउन आउदैन । घरको अवस्था हेरेर रिता आफैले सिटी चलाउन थालिन् । उनले सिटी चलाउन थालेपछि अहिले चारजनाको गुजरा चलाउन समस्या छैन । रिताले विद्यालय अघिपछिको समयमा सिटी रिक्सा चलाएरै ६ महिनादेखि चारजनाको गुजरामात्र चलाएकी छैनन् । उनले भनिन् आफु सहित भाई र वहिनीको पढाई खर्च समेत धान्दै आएकी छन ।
    अविभावकले जिम्मेवारी निर्वाह नगर्दा स्कुले वालिका रिताले दिनहु“ विद्यालय अघीपछिको समयमा सिटी रिक्सा चलाएर परिवारको गुजरा चलाउदै आफु सहित भाई र वहिनीलाई पनि विद्यालय लिएर जानु आफैमा उदाहरणीय रहेको डा“गीहाट व्यापार प्रबन्ध समितिका अध्यक्ष विवके मिश्रको भनाई छ । बालिकाले ढुक्कस“ग पढनु पर्ने समयमा सिटी कुदाएर सानै उमेरमा रिता परिवारको भरोसा बनेकी छन । मिश्रले भने उनलाई आर्थिक सहयोग गर्ने दाताको खोजी समितिले गर्दै छ ।
    हरेक दिन विद्यालय समय अघि र पछि सिटी रिक्सा चलाएपनि रिताको पढाई सन्तोशजनक रहेको विद्यालयका शिक्षक धनजीत पराजुलीको भनाई छ । परिवारको गुजराकालागि विद्यालय समय अघि र पछि यस्तो संघर्ष गर्नु रिताको दैनिकी कहाली लाग्दो छ । पराजुलीले भने तर पनि उनको पढाई सन्तोश जनक नै छ । एउटी १४ वर्षिय वालिकाले परिवारको गुजरा चलाउनु र आफु सहित भई वहिनीलाई पनि नियमित विद्यालय लिएर आउनु आफैमा प्रसंशनीय भएको पराजुलीको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…